इम्पेरमेन्ट चार्ज रिभर्स भएपछि आरम्भ चौतारी लघुवित्त नाफामा

May 07, 2024 01:43 PM Merolagani



आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड (ACLBSL) चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा र प्रतिशेयर दुबै धनात्मक भएको छ।

 

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा लघुवित्तले १ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्त ५६ लाख रुपैयाँ नोक्सानीमा रहेको थियो।
खुद ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण लघुवित्तको नाफा धनात्मक हुन पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १.७० प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २२.४२ प्रतिशत घटेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ४.०३ प्रतिशत घटेको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५६ लाख रुपैयाँ ऋणात्मक रहेको लघुवित्तको सञ्चालन मुनाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २ करोड ५३ लाख रुपैयाँ धनात्मक भएको छ। लघुवित्तको इम्पेरमेन्ट चार्ज ९५ लाख रुपैयाँ रिभर्स भएका कारण खुद नाफा र सञ्चालन मुनाफा दुबै धनात्मक हुन पुगेको हो।

चैत मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ६ रुपैयाँ ४४ पैसा धनात्मक रहेको छ भने मूल्य आम्दानी अनुपात ११८.४७ गुणा र प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ २ पैसा रहेको छ। सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा १ करोड ९९ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ७ रुपैयाँ २४ पैसा रहेको छ।

३६ करोड ७१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १० करोड ५१ लाख रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा लघुवित्तले ४ अर्ब ३८ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट ४ अर्ब ४२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।