खराब कर्जा घटेपछि निर्धन उत्थान लघुवित्तको नाफा उल्लेख्य बढ्यो

May 08, 2024 02:07 PM Merolagani

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड (NUBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा लघुवित्तले १७ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९९.४६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४ करोड ४० लाख रुपैयाँ नाफा कमाएको थियो।

खराब कर्जा घटेसँगै इम्पेरमेन्ट चार्ज पनि घटेका कारण लघुवित्तको खुद नाफा उल्लेख्य बढेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३.२६ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ३४.३८ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको कुल सञ्चालन आम्दानी २.७५ प्रतिशत र सञ्चालन मुनाफा ५६९.३७ प्रतिशत बढेको छ। सो १ वर्षमा लघुवित्तको खराब कर्जा १२.०९ प्रतिशतबाट घटेर १०.७७ प्रतिशतमा झरेको छ। जसका कारण लघुवित्तको इम्पेरमेन्ट चार्ज ८६ करोडबाट घटेर ५० करोडमा सीमित भएको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ६ रुपैयाँ ७३ पैसा बढेर ८ रुपैयाँ ९८ पैसा पुगेको छ। चैत मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ७२.९७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८६ रुपैयाँ रहेको छ।

२ अर्ब ६१ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तका जगेडा कोषमा २ अर्ब २४ करोड रुपैयाँ सञ्चित छ। तेस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तले २३ अर्ब ६६ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट २४ अर्ब ३५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।