मर्जरपश्चात नेरुडे मिर्मिरे लघुवित्तको वित्तीय अवस्था कस्तो?

May 09, 2024 05:12 AM Merolagani



नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा लघुवित्तले १९ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

नेरुडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज भई गत फागुन ३० गतेदेखि नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको नाममा एकीकृत कारोबार शुरु भएको हो।

चैत मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ६४ करोड ५ लाख रुपैयाँ रहेको छ भने खुद फि तथा कमिशन आम्दानी ९ करोड ५१ लाख रुपैयाँ रहेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी ८० करोड ३९ लाख रुपैयाँ र सञ्चालन मुनाफा २५ करोड ६२ लाख रुपैयाँ रहेको छ।

तेस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा १२ करोड ९० लाख रुपैयाँ ऋणात्मक रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १ रुपैयाँ ६० पैसा ऋणात्मक रहेको छ।

सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ८१ पैसा र प्रतिशेयर नेटवर्थ १७८ रुपैयाँ ५८ पैसा रहेको छ।

१ अर्ब ३९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब ९ करोड रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा लघुवित्तले १७ अर्ब १६ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट २० अर्ब ५१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।