विद्युत बिक्री आम्दानी घटेपनि युनाइटेड मोदी हाइड्रोपावरको नाफा बढ्यो

May 12, 2024 01:16 PM Merolagani



युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड (UMHL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी घटेपनि खुद नाफा भने बढेको छ।

कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९३.१० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको विद्युत बिक्री आम्दानी सामान्य घटेपनि खर्च घटेका कारण खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १.८९ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा १.८६ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको वित्तीय आम्दानी ९५.३९ प्रतिशत र वित्तीय खर्च ११.९७ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ९६ पैसा बढेर २ रुपैयाँ १६ पैसा पुगेको छ। चैतको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०४ रुपैयाँ ९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १०७.९१ गुणा रहेको छ।

१ अर्ब २३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५ करोड ३ लाख रुपैयाँ सञ्चित छ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।