प्रि ओपन सेसन अपडेटः करिब साढे ३ अंक बढ्यो नेप्से

May 15, 2024 10:52 AM Merolagani



बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ३ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार २८.६२ अंक बढेर २०२७.५१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.३५ अंक बढेर २०३०.८७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.७४ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा ४३ स्टकको १७ लाख १ हजार ४७४ रुपैयाँ ८० पैसाबराबरको २ हजार ७४८ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये २९ स्टकको मूल्य बढेको छ भने १० स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।