Fri, Mar 27, 2026
जेठ ४ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड (NMLBBL) को शेयर सूचीकृत भएको छ। यस दिन नेप्सेमा लघुवित्तको १ करोड ३९ लाख ७७ हजार ६४३ कित्ता शेयर सूचीकृत भएको हो।
नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था साविकको नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त एक आपसमा मर्ज भइ बनेको संस्था हो। नेरुडे र मिर्मिरे लघुवित्त १ बराबर १ अनुपातमा मर्ज भएका हुन्। सूचीकरण पश्चात पहिलो कारोबारको लागि नेप्सेले लघुवित्तको शेयरलाई ५८७ रुपैयाँ ८६ पैसाको ओपनिङ्ग प्राइस तोकेको छ। यस अनुसार आइतबारदेखि सोही मूल्यका आधारमा लघुवित्तको शेयर कारोबार गर्न सकिनेछ। लघुवित्तलाई नेप्सेले एनएमएलबिबिएल स्टक टिकर प्रदान गरेको छ।
नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था साविकको नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त एक आपसमा मर्ज भइ बनेको संस्था हो। नेरुडे र मिर्मिरे लघुवित्त १ बराबर १ अनुपातमा मर्ज भएका हुन्।
सूचीकरण पश्चात पहिलो कारोबारको लागि नेप्सेले लघुवित्तको शेयरलाई ५८७ रुपैयाँ ८६ पैसाको ओपनिङ्ग प्राइस तोकेको छ। यस अनुसार आइतबारदेखि सोही मूल्यका आधारमा लघुवित्तको शेयर कारोबार गर्न सकिनेछ। लघुवित्तलाई नेप्सेले एनएमएलबिबिएल स्टक टिकर प्रदान गरेको छ।
फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।