नेरुडे मिर्मिरे लघुवित्तको शेयर सूचीकृत, ओपनिङ्ग प्राइस कति?

May 17, 2024 01:05 PM Merolagani



जेठ ४ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड (NMLBBL) को शेयर सूचीकृत भएको छ। यस दिन नेप्सेमा लघुवित्तको १ करोड ३९ लाख ७७ हजार ६४३ कित्ता शेयर सूचीकृत भएको हो।

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था साविकको नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त एक आपसमा मर्ज भइ बनेको संस्था हो। नेरुडे र मिर्मिरे लघुवित्त १ बराबर १ अनुपातमा मर्ज भएका हुन्।

सूचीकरण पश्चात पहिलो कारोबारको लागि नेप्सेले लघुवित्तको शेयरलाई ५८७ रुपैयाँ ८६ पैसाको ओपनिङ्ग प्राइस तोकेको छ। यस अनुसार आइतबारदेखि सोही मूल्यका आधारमा लघुवित्तको शेयर कारोबार गर्न सकिनेछ। लघुवित्तलाई नेप्सेले एनएमएलबिबिएल स्टक टिकर प्रदान गरेको छ।