प्रि ओपन सेसन अपडेटः २६ अंक बढ्यो नेप्से

May 19, 2024 10:53 AM Merolagani



साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक २६ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ०.७९ अंक बढेर २०१८.७६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २६.०४ अंक बढेर २०४४.८१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ४.८० अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा १४० स्टकको २९३ पटकको कारोबारमा ५६ लाख ७५ हजार ८२ रुपैयाँ २० पैसाबराबरको ९ हजार ७३ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये ११९ स्टकको मूल्य बढेको छ भने १४ स्टकको मूल्य घटेको छ। बाँकी ७ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।