नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोबार संचालनमा

May 19, 2024 05:46 PM Merolagani



नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेड(NWCL)ले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी र सुनसरी जिल्ला, गढि गाँउपालिका-२,औरावनीस्थित-वेयरहाउजिङ्ग सञ्चालनमा ल्याएको छ । उक्त वेयरहाउजिङ्गको सुरक्षित तथा वैज्ञानिक साइलो भण्डारमा कृषक र अन्न संकलक तथा खाद्य व्यवसायीका ठूलो उत्साह देखिएको छ ।

नेपाल वेयरहाउजिङ्ग कम्पनीको पर्सा र सुनसरी स्थित ईकाइहरूमा अन्न भण्डारणको कार्य सुचारू भइ तराईका भेगहरूबाट मकै वाली कृषकहरूले हार्भेष्ट गरेर बजार पठाउन थालेपछि मकैका संकलक, दाना कम्पनी आदिले लामो समयसम्म सुरक्षित तथा वैज्ञानिक भण्डारणको लागि नेपाल वेयरहाउसको साईलोमा मौज्दात गर्न थालेका छन् । यसबाट उपयुक्त समयमा बिक्री गरि किसान तथा व्यापारीहरुले आफ्नो कृषि उपजको अधिकतम मूल्य प्राप्त गर्न सफल हुनेछन् ।

कंपनीका महाप्रवन्धक समिर राज सत्याल भन्छन्,"मकै, गँहु, र भटमास पूर्ण रूपले स्वचालीत मेशिनद्वारा सफाई, तथा केलाई गरी साईलोमा सुरक्षित तवरले भण्डारण गरिन्छ साथै यसरी साईलोमा राखिएको अनाजको तापक्रम, आद्रदता, कम्प्युटरको माध्यमवाट सुक्ष्म रूपले वैज्ञानिक व्यवस्थापन गरिन्छ।" यस प्रकारले भण्डारीकरण गरिएको अनाजको इन्स्योरेन्सको व्यवस्था पनि कम्पनी स्वंयले गरेको सत्याल बताउँछन् ।

अबको दुई महिना मकै र गँहुको कटानी भई बजारमा आउने भएकोले दिनको २५–३० गाडी दिनहुँ आइरहेको र यसका लागि उनले अहिले २४ सै घण्टा कंपनी सञ्चालनको व्यवस्था मिलाएको निजले बताउँछन् ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।