पाँचथर पावर कम्पनीको साधारण सभा आव्हान

May 20, 2024 08:27 AM Merolagani



पाँचथर पावर कम्पनी लिमिटेड (PPCL) ले जेठ २७ गते, आइतबार, होटल इम्पेरियल, बत्तीसपुतली, काठमाडौँमा आठौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले एक्सेस इन्भेष्टमेन्ट प्रा.लि. र मेगा भेन्चर प्रा.लि. लाई एक्वायर गर्ने, सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, आयोजनामा पुनः निर्माणको लागि कर्जा थप गर्ने, सञ्चालक समितिको संख्या संशोधन गर्ने लगायतका विशेष प्रस्ताव पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले जेठ १७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार जेठ १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।