सोमवार विश्वास मत पाएपछि संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्री दाहालले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले अहिलेको काँग्रेसको गतिविधिको मूल्य आगामी निर्वाचनमा चुकाउनुपर्ने टिप्पणी गरे। नेपाली काँग्रेसले सोमवार प्रतिनिधि सभामा विश्वासको मत लिने क्रममा बिरोध जनाएको थियो । जवाफमा प्रधानमन्त्री दाहालले धेरै ठूलो मूल्य चुकाउने चेतावनी दिए ।
प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने बेलामा काँग्रेसले अवरोध गरेपछि उक्त गतिविधि महँगो पर्ने भन्दै इतिहासमा कलंकको रुपमा स्थापित हुने चेतावनी दिएका थिए । सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै प्रधानमन्त्री बोलिरहँदा समेत प्रमुख प्रतिपक्षी काँग्रेसले वेल घेराउ र नाराबाजी गरिरहेको थियो । काँग्रेसको अवरोधकाबीच पनि प्रधानमन्त्रीलाई एक सय ५७ सांसदले विश्वास मत दिएका छन् ।