स्मार्ट फोनको आयात निरन्तर बढ्दो, बैशाखसम्ममा साढे १५ लाख थान भित्रिए, कहाँबाट आउँछन् धेरै?

May 20, 2024 05:48 PM Merolagani



पछिल्लो समय स्मार्टफोनका आयात निरन्तर बढ्दै गएको देखिएको छ। भन्सार विभागको तथ्याँक अनुसार बैशाखसम्ममा १५ लाख २८ हजार ६४४ थान स्मार्टफोन नेपाल भित्रिएका हुन्।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याँक अनुसार चालु आर्थिक वर्षको १० महिनामा कुल २४ अर्ब १ करोड २४ लाख २२ हजार रुपैयाँको स्मार्टफोन आयात भएको छ। यसबाट सरकारले ४ अर्ब ४७ करोड १३ लाख ३१ हजार रुपैयाँ राजस्व उठाएको छ।

गत आर्थिक वर्षको यसै अवधिमा कुल १३ लाख ९ हजार ८५६ थान स्मार्टफोन आयात भएको थियो। तथ्याँक अनुसार गत वर्ष २० अर्ब ४१ करोडको फोन आयात भएको हो। तर यस वर्ष ४ अर्बभन्दा धेरैले स्मार्टफोनको आयात बढेको हो।

गत चैतसम्म विभिन्न मुलुकबाट १३ लाख ९१ हजार ८४५ थान स्मार्ट फोन आयात भएको थियो। बैशाख १ महिनामा मात्रै १ लाख ३६ हजार ७९९ थान स्मार्टफोन आयात भएको विभागको तथ्याँकले देखाउँछ।

गत चैतमा पनि १ लाख ४२ हजार ३६४ थान स्मार्टफोन आयात भएको थिया। चैत महिनाको तुलनामा भने बैशाखमा स्मार्टफोनको आयात केहि घटेको छ। तर गत वर्षको तुलनामा भने स्मार्टफोनको आयात बढ्दो क्रममा नै छ।

गत फागुनसम्ममा १२ लाख ४९ हजार ४८१ थान स्मार्टफोन आयात भएका थिए। फागुन एक महिनामा मात्र एक लाख २२ हजार ७३४ थान फोन नेपाल आयात भएका थिए।

विभागको तथ्याङ्क अनुसार नेपालमा सबैभन्दा बढी चीनबाट मोबाइल आयात भएका छन् । चीनबाट मात्रै बैशाख मसान्तसम्म १५ अर्ब ८० करोड रूपैयाँ बराबरका १० लाख ९५ हजार ४६८ थान स्मार्टफोन भित्रिएका छन् ।

त्यस्तै दोस्रोमा भारतबाट ७ अर्ब ८१ करोड २४ लाख रूपैयाँका ४ लाख २८ हजार ५२५ मोबाइल आयात भएका छन् ।

बैशाखसम्ममा विभिन्न ६१ वटा देशबाट स्मार्टफोन भित्रिएको विभागको तथ्याँकले देखाउछ।




तिहार बिदापछिकाे पहिलाे काराेबार दिन कतिमा हुँदैछ सुन र चाँदीकाे काराेबार?

Oct 26, 2025 11:01 AM

कार्तिक ९ गते, आईतबार, तिहार पछिको पहिलो दिन नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि गिरावट भएको छ । यस दिन सुनको मूल्य प्रतितोला ११ हजार ६०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा २६५ रुपैयाँले घटेको छ ।