प्रि ओपन सेसन अपडेटः साढे ३ अंक बढ्यो नेप्से

May 21, 2024 10:53 AM Merolagani



मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार २७.५४ अंक बढेर २०९२.०० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.५६ अंक बढेर २०९५.५६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.२९ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा ५१ स्टकको ७८ पटकको कारोबारमा २६ लाख २८ हजार ७६३ रुपैयाँ ८० पैसाबराबरको ५ हजार ४३१ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये २४ स्टकको मूल्य बढेको छ भने २० स्टकको मूल्य घटेको छ। बाँकी ७ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।