निरन्तर चौथो कारोबार दिन बढ्यो नेप्से, कारोबार रकम भने सामान्य घट्यो

May 21, 2024 03:11 PM Merolagani



मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। पछिल्ला तीन कारोबार दिनदेखि बढीरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

यस दिन नेप्से परिसूचक २३.९४ अंक बढेर २११५.९४ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३.५३ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.७८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४० अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन ५ अर्ब ८५ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१७ स्टकको ७३ हजार ६६७ पटकको कारोबारमा ५ अर्ब २० करोड ६२ लाख रुपैयाँ बराबरको १ करोड ३२ लाख ४१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

मंगलबार ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन जानकी फाइनान्स, नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त, बुद्धभुमि नेपाल हाइड्रोपावर र मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन इष्टर्न हाइड्रोपावर, कुथेली बुखरी स्मल हाइड्रोपावर र महुली लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ४.२८ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन पोखरा फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन २४ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको करिब १३ करोडको शेयर कारोबार भएको छ भने कालिका पावरको १२ करोडभन्दा बढीको शेयर किनबेच भएको छ। यस दिन माउन्टेन इनर्जी र सिंगटी हाइड्रो इनर्जीको कारोबार रकम १० करोड नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.५५ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जलविद्युत उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन विकास बैंक र व्यापार उपसमूहको परिसूचक घटेको हो।

 




भविष्यको प्रेडिक्सनमा रमाउने शेयर बजार वर्तमानसँग आत्तियो, बुँदा नम्बर ४५ मा केछ?

Mar 29, 2026 05:49 PM

नेपालको राजनीति र शेयर बजार सधैँ एउटै सिक्काका दुई वटा पाटा जस्तै रहेका छन्। राजनीतिमा सानो हलचल हुँदा पनि त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारको ग्राफमा देखिने गर्दछ।