कैलाश सिरोहियालाई पक्राउ गर्न कान्तिपुर कार्यालयमा पुग्याे प्रहरी, पक्राउ पुर्जी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट

May 21, 2024 06:10 PM Merolagani



कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न यतिबेला सादा पाेशाकका प्रहरी थापाथलिस्थित कान्तिपुर कार्यालयमा पुगेकाे छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराई नेतृत्वमा प्रहरी कान्तिपुरकाे कार्यालयमा पुगेको हाे।

तर सिराेहियाले मंगलबार नै साेहि पक्राउ पुर्जी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका छन् । रिट दर्ताका लागि आएपनि अध्ययनकै क्रममा रहेको छ ।सिराेहियाले सर्वोच्चमा दायर गरेको रिट विचाराधीन अवस्थामा रहेकाे समयमा पक्राउ पुर्जी जारी भएको भन्दै त्यसलाई रोक्न माग गरेका छन् ।

 




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।