कैलाश सिरोहियालाई पक्राउ गर्न कान्तिपुर कार्यालयमा पुग्याे प्रहरी, पक्राउ पुर्जी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट

May 21, 2024 06:10 PM Merolagani



कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न यतिबेला सादा पाेशाकका प्रहरी थापाथलिस्थित कान्तिपुर कार्यालयमा पुगेकाे छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराई नेतृत्वमा प्रहरी कान्तिपुरकाे कार्यालयमा पुगेको हाे।

तर सिराेहियाले मंगलबार नै साेहि पक्राउ पुर्जी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका छन् । रिट दर्ताका लागि आएपनि अध्ययनकै क्रममा रहेको छ ।सिराेहियाले सर्वोच्चमा दायर गरेको रिट विचाराधीन अवस्थामा रहेकाे समयमा पक्राउ पुर्जी जारी भएको भन्दै त्यसलाई रोक्न माग गरेका छन् ।

 




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।