कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ,गृहमन्त्रीकाे विराेधमा नाराबाजी

May 21, 2024 06:36 PM Merolagani



कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरी परिसरको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले उनलाई मंगलबार नै धनुषाको जनकपुर लैजाने तयारी रहेकाे छ । मंगलबार बिहान दोहोरो नागरिकतासम्बन्धी कसुरमा जिल्ला अदालत धनुषाले सिरोहियालाई पक्राउ गर्न  प्रहरीलाई अनुमति दिएको थियो । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराई नेतृत्वमा प्रहरी कान्तिपुरकाे कार्यालयमा पुगेको थियाे।

यतिबेला थापाथलीस्थित कान्तिपुरकाे कार्यालय अगाडि सिराेहियाकाे पक्षमा र गृहमन्त्रीकाे विराेधमा नाराबाजी भइरहेकाे छ ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।