विद्युतीय गाडीमा बढ्यो कर, कुनमा कति बढ्यो?

May 28, 2024 07:35 PM Merolagani



सरकारले विद्युतीय गाडीमा कर बढाएको छ। अर्थमन्त्री वर्षमान पुनले ५० किलोवाटदेखि ३०० किलोवाट माथिसम्मका गाडीमा फरक फरक कर बढाएका छन्।

पुनले ५० किलोवाटसम्मका गाडीमा १५ प्रतिशत भन्सार र ५ प्रतिशत अन्तशुल्क लगाएका छन्। अहिले उक्त क्षमताको गाडीको भन्सार १० प्रतिशत थियो भने अन्तशुल्क थिएन।

५१ किलोवाटदेखि १०० किलोवाटसम्मका गाडीमा २० प्रतिशत भन्सार र १५ प्रतिशत अन्तशुल्क लगाइएको छ। अहिले यस्ता गाडीमा १५ प्रतिशत भन्सार र १० प्रतिशत अन्तशुल्क थियाे।

१०१ किलोवाटदेखि २०० किलोवाटसम्म ३० प्रतिशत भन्सार र २० प्रतिशत अन्तशुल्क लगाइएको छ। अहिले यस्ता गाडीमा भन्सार २० प्रतिशत र अन्तशुल्क २० प्रतिशत थियाे।

२०१ किलोवाटदेखि ३०० सम्ममा गाडीमा ६० प्रतिशत भन्सार र ३५ प्रतिशत अन्तशुल्क लगाइएको छ। यस्तै ३०१ माथिका विद्युतीय गाडीमा ८० प्रतिशत भन्सार र ५० प्रतिशत अन्तशुल्क लगाइएको छ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।