बैशाखसम्म निर्जीवन बीमा कम्पनीले गरे ३३ अर्ब ६ करोड प्रिमियम संकलन, लघु निर्जीवन बीमा कम्पनीको हिस्सा १ प्रतिशतभन्दा कम

May 31, 2024 06:37 PM MeroLagani



निर्जीवन बीमा कम्पनीहरुले चालु आवको वैशाख महिनासम्ममा मात्र ३३ अर्ब ६ करोड रुपैयाँको व्यवसाय गरेका छन् । अहिले बीमा प्राधिकरणले अनुमति प्रदान गरेका १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा गरी १८ वटा कम्पनीले सो रकम बराबरको व्यवसाय गरेका हुन् ।

ठूला बीमा कम्पनीहरुले स–साना बीमा व्यवसायमा ध्यान नदिएको भन्दै बीमा प्राधिकरणले लघु बीमाको कारोबार गर्न छुट्टै कम्पनीलाई अनुमति दिएको थियो तर लघु बीमा कम्पनीको बीमा शुल्क संकलन कुल निर्जीवन बीमा व्यवसायमा एकदमै नगन्य देखिएको छ । बैशाखसम्मको कारोबारमा ४ वटा लघु निर्जीवन बीमा कम्पनीको हिस्सा शून्य दशमलब ५९ प्रतिशत मात्रै रहेको छ । कुल ३३ अर्ब ६ करोड ८७ लाख रुपैयाँको कारोबारमा लघु बीमा कम्पनीहरुले १९ करोड ३९ लाख रुपैयाँको मात्रै कारोबार गरेका छन् ।

धेरै बीमा शुल्क आर्जन गर्नेमा सिद्धार्थ प्रिमियर अगाडि

कुल १४ वटा निर्जीवन बीमा कम्पनीहरूमध्ये बैशाखसम्म शिखर इन्स्योरेन्सले २ लाख ६१ हजार २ सय ५१ वटा बीमा लेख बेचेर ४ अर्ब ५४ करोड ११ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेकाे छ । शिखरपछि धेरै बीमा शुल्क संकलन गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स र आईजीआई इन्स्योरेन्स रहेका छन् । कुल बीमा प्रिमियम संकलनमा शिखर इन्स्योरेन्सको हिस्सा १३.७४ प्रतिशत र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको हिस्सा ११ दशमलब ७५ प्रतिशत रहेको छ । अन्य बीमा कम्पनीहरुको हिस्सा १० प्रतिशतभन्दा मुनि नै रहेको छ । सबैभन्दा कम हिस्सा नेशनल इन्स्योरेन्सको २.८५ प्रतिशत रहेको छ ।

५ प्रतिशतभन्दा माथि बजार हिस्सा भएका कम्पनीहरुमा सानिमा जीआईसी, एनएलजी, युनाइटेड अजोड, नेको, आईजीआई प्रुडेन्सियल, हिमालयन एभरेष्ट र सिद्धार्थ प्रिमियम रहेका छन् ।

लघु निर्जीवन बीमामा नेपाल माइक्रो अगाडि

चार वटा लघु निर्जीवन बीमा कम्पनीले १९ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार गरेका छन् । त्यसमध्ये सबैभन्दा ठूलो हिस्सा नेपाल माइक्रो इन्स्योरेन्सको रहेको छ । कम्पनीले ३८ हजार ४ सय ९२ वटा पोलिसी बेचेर ७ करोड ६७ लाख ९० हजार रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका छन् । लघु निर्जीवन बीमा कम्पनीमध्ये सबैभन्दा कम व्यवसाय ट्रस्ट माइक्रो इन्स्योरेन्सले गरेको छ । ट्रस्टले ५ हजार ५ सय ९१ वटा बीमा लेख बिक्रीबाट १ करोड ३ लाख ४३ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेकाे छ ।

 




सुनको मूल्यमा भारि गिरावट

Jun 17, 2025 10:42 AM

असार ३ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्यमा भारि गिरावट भएको छ । यस दिन सुन प्रतितोला दुई हजार ५०० रुपैयाँले घटेको हो ।