ग्रामीण विकास लघुवित्तले बोलायो साधारण सभा

Jun 09, 2024 06:44 AM Merolagani



ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (GBLBS) ले असार १५ गते, शनिबार, आफ्नो प्रधान कार्यालय, बुटवलमा नवौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनस सम्बन्धि कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले असार ३ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार असार २ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।