ग्रामीण विकास लघुवित्तले बोलायो साधारण सभा

Jun 09, 2024 06:44 AM Merolagani



ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (GBLBS) ले असार १५ गते, शनिबार, आफ्नो प्रधान कार्यालय, बुटवलमा नवौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनस सम्बन्धि कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले असार ३ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार असार २ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।