वाइ वाइको ‘क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा

Jun 10, 2024 03:31 PM MeroLagani



वाइ वाइ चाउचाउले नेपाल दोस्रो पटक आइ.सि.सि. पुरुष टि(२० विश्वकपमा सहभागी हुन सफल भएको ऐतिहासिक क्षणलाई अविष्मरणीय बनाउने उद्देश्य तथा नेपाली क्रिकेट टिमलाई प्रोत्साहन र समर्थन स्वरुप ‘वाइ वाइ क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा ल्याएको छ ।

सीजी फुड्स नेपाल लिमिटेडले क्यानसँगको सहकार्यमा क्रिकेट स्पेसल एडिसन प्याकेटको अवधारणा कार्यान्वयनमा ल्याएको हो । टि–२० विश्वकपमा नेपाली राष्ट्रिय टिमका साथ रमाईरहेका नेपाली दर्शकहरूका लागि वाइ वाइको यो प्याकेट विशेष हुनेछ भन्ने विश्वास कम्पनीले लिएको छ । 

वाइ वाइले महिला अन्डर–१९ क्रिकेट टिमलाई समेत प्रायोजन वापत रू. ३० लाख तथा अन्य क्रिकेट गतिबिधि संचालनका लागि रू.३० लाख गरि जम्मा रू. ६० लाख नेपाल क्रिकेट संघलाई सहयोग गर्नेछ । पत्रकार सम्मेलनका अवसरमा चौधरी गु्रपका प्रबन्धक निर्देशक निर्वाण चौधरीको उपस्थितिमा क्यानका सचिव पारस खड्का र सीजी फुड्सका सिइओ प्रदिप पुडासैनीले यस सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।

पत्रकार सम्मेलनमा बोल्दै चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले नेपालमा वाइ वाइ र क्रिकेटको विकास सँगसँगै भएको उल्लेख गर्दै क्रिकेटको विकासका लागि वाइ वाइ सधै समर्पित रहने बताP । ‘आजभन्दा २० बर्षअघि हामीले पुरूष अण्डर–१९मा लगानी गर्यौँ जसको परिणाम अहिले नेपाली राष्ट्रिय टिम टि–२० विश्वकपको मैदानमा खेलिरहेको छ । अब महिला अण्डर–१९ मा लगानी गर्ने समय भएको छ । यसको नतिजा देशले छिट्टै पाउँनेछ ।’

प्रबन्ध निर्देशक चौधरीले नेपालमा उत्पादित वाइ वाइ अमेरिका, यूरोप, जापान, अष्ट्रेलिया लगायत विश्वका ४० देशमा उपलब्ध रहेको जानकारी दिनुहुदै वाइ वाइले ति सबै देशको गुणस्तर मापदण्ड पूरा गरेका कारण ग्लोबल ब्राण्ड बन्न सफल भएकाले यस सम्वन्धमा थप ब्याख्या गर्न आवस्यक नभएको टिप्पणी गरे ।

क्यानका सचिव एवं नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान पारश खड्काले आफु वाइ वाइको जर्सी लगाएर यू–१९ विश्वकपमा खेलेको स्मरण गर्दै नेपालको क्रिकेटको विकासका लागि वाइ वाइको योगदान अतुलनीय रहेको बताए । 

यसअघि वाइ वाइले विश्वकपमा सहभागी राष्ट्रिय टिमलाई प्रोत्साहन स्वरुप सुपर-८मा पुग्न सफल भएमा रू. ३० लाख तथा समग्र नेपाली टिमको मनोबल उच्च बनाउने उद्देश्यले प्रत्येक रन वापत रू. १ हजार, प्रत्येक चौका वापत रू. ८ हजार, प्रत्येक छक्का वापत रू. १२ हजार, प्रत्येक विकेट वापत रू. १५ हजार, प्रत्येक अर्धशतक वापत रू. ५० हजार, प्रत्येक शतक वापत रू. १ लाख र नेपाली टिमको प्रत्येक जितमा रू. १ लाख ५० हजार रूपैयाँ नगद उपलब्ध गराउने घोषणा गरि सकेको छ ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।