नेशनल लाईफको “नेशनल रत्न अवार्ड” कार्यक्रम सम्पन्न

Jun 10, 2024 05:28 PM Merolagani



नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.(NLICL)ले बुढानिलकण्ठ काठमााण्डौको होटल लेमन ट्रि प्रिमियरमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सम्मान कार्यक्रमको आयोजना गरी नेशनल अवार्ड अन्तर्गत नेशनल रत्न छनौट हुन सफल बागमती प्रदेशका करिब ३५ जना अभिकर्ताहरुलाई सम्मान गरेका छन् ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा द्धिप प्रज्वलन गरी शुभारम्भ गरेको सो समारोहमा सहभागि अभिकर्ताहरुलाई कम्पनीको उप प्रमुख कार्यकारी अधिकृत स्मृतिराज कँडेलले उत्प्रेरण तालिम प्रदान गरेका थिए । कम्पनीले अभिकर्ताहरुको वृत्ति विकासका लागि ल्याउने हरेक योजनाहरुको छुट्टा छुट्टै महत्व हुने भएकोले यस्ता योजनाहरुमा छनौट हुनका लागि व्यवसायिक कार्यनिति बनाउनु पर्ने खत्रीले बताए ।

समारोहमा प्रमुख कार्यकारी अधिकृतले नेशनल रत्न विजेता अभिकर्ताहरुलाई नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिपिकेट र खादाबाट सम्मान गरेका थिए । उनले कम्पनीका सबै संरचनाहरु उत्कृष्ट रहेको र कम्पनीमा बीमा गर्ने बीमितहरुलाई उच्च प्रतिफल दिन सफल हुनुमा अभिकर्ता संजालको महत्वपूर्ण भूमिका रहने भएकोले अभिकर्ता सञ्जाललाई प्रविधि मैत्री एवं व्यवसायिक बनाउन थप लगानी गर्दै गईरहेको जानकारी दिए ।

उनले नेशनल रत्नमा छनौट हुने अभिकर्ताहरुलाई प्रदेश स्तरिय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजना अनुसार काठमाण्डौमा बागमति प्रदेशका अभिकर्ताहरुबाट सम्मान गरिएको बताए । यसकासाथै उनले यस भन्दा अगाडी इटहरीमा कोशी र मधेश प्रदेशका अभिकर्ताहरुलाइ  सम्मान गरिसेकेको र अन्य प्रदेशका बाँकी अभिकर्ताहरुलाई पनि छिट्टै नै सम्मान गरिने व्यहोरा जानकारी गराए ।

कार्यक्रममा, प्रमुख कार्यकारी अधिकृत सहित उप प्रमुख कार्यकारी अधिकृत स्मृतिराज कँडेल,प्रवन्धक विवेक शर्मा, सहायक प्रवन्धक सुष्मिता राणा, एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणा, बागमती प्रदेश प्रमुख द्धय जयराम धिताल, घनश्याम रिमाल लगायत विभिन्न शाखा कार्यालयहरुबाट शाखा प्रमुखहरुको समेत सहभागिता रहेको थियो ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।