विदेश भ्रमणमा निस्कनेले भन्दा दाेब्बर बढी रकम लगे विदेश पढ्न जानेले

Jun 10, 2024 06:00 PM Merolagani



विदेश भ्रमणमा जानेले भन्दा दाेब्बर बढी रकम विदेश पढ्न जानेले लगेका छन् । चालु आर्थिक वर्ष (आव) को १० महिनामा विदेश पढ्न जाने नेपालीले १ खर्ब बढी रकम विदेश लगेका छन् ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आवको १० महिनामा नेपालबाट विदेशमा पढ्न जाने विद्यार्थीहरूले १ खर्ब ४ अर्ब रुपैयाँ विदेशमा लगेका हुन् ।

राष्ट्र बैंकले अघिल्लो वर्षको सोही अवधिको तुलनामा चालु आवको १० महिनाको अवधिमा विदेशमा पढ्न जाने विद्यार्थीहरूले २९ अर्ब रुपैयाँ रकम बढी लगेको जनाएको छ । प्रतिवेदनअनुसार अघिल्लो आवको सोही अवधिमा विदेशमा पढ्न जाने नेपालीले ७५ अर्ब १४ करोड लगेका थिए ।

त्यस्तै, प्रतिवेदनअनुसार चालु आवको १० महिनामा नेपालबाट विदेश घुम्न जाने नेपालीहरूले ५२ अर्ब रुपैयाँ खर्च गरेका छन् ।




५ कम्पनीको शेयरमूल्य समायोजन

Nov 28, 2025 06:34 AM

मंसिर १२ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५ कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा कृषि विकास बैंकको ३.२५ प्रतिशत, बरुण हाइड्रोपावरको ४.७५ प्रतिशत र सर्वोत्तम सिमेन्टको ५ प्रतिशत, ङादी ग्रुप पावरको ५ प्रतिशत र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ३ प्रतिशत बोनस शेयर समायोजन भएको हो।