विदेश भ्रमणमा निस्कनेले भन्दा दाेब्बर बढी रकम लगे विदेश पढ्न जानेले

Jun 10, 2024 06:00 PM Merolagani



विदेश भ्रमणमा जानेले भन्दा दाेब्बर बढी रकम विदेश पढ्न जानेले लगेका छन् । चालु आर्थिक वर्ष (आव) को १० महिनामा विदेश पढ्न जाने नेपालीले १ खर्ब बढी रकम विदेश लगेका छन् ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आवको १० महिनामा नेपालबाट विदेशमा पढ्न जाने विद्यार्थीहरूले १ खर्ब ४ अर्ब रुपैयाँ विदेशमा लगेका हुन् ।

राष्ट्र बैंकले अघिल्लो वर्षको सोही अवधिको तुलनामा चालु आवको १० महिनाको अवधिमा विदेशमा पढ्न जाने विद्यार्थीहरूले २९ अर्ब रुपैयाँ रकम बढी लगेको जनाएको छ । प्रतिवेदनअनुसार अघिल्लो आवको सोही अवधिमा विदेशमा पढ्न जाने नेपालीले ७५ अर्ब १४ करोड लगेका थिए ।

त्यस्तै, प्रतिवेदनअनुसार चालु आवको १० महिनामा नेपालबाट विदेश घुम्न जाने नेपालीहरूले ५२ अर्ब रुपैयाँ खर्च गरेका छन् ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।