बैशाख महिनामा बैंकहरुले कमाए ८ अर्ब नाफा, २० मध्ये १९ बैंकको नाफा १ अर्ब माथि

Jun 12, 2024 01:07 PM Merolagani



वाणिज्य बैंकहरुले बैशाख एक महिनामा करिब ८ अर्ब रुपैयाँ नाफा कमाएका छन्। नेपाल राष्ट्र बैंककले प्रकाशित गरेको मासिक विवरण अनुसार बैशाख महिनामा २० बैंकले कुल ७ अर्ब ९२ करोड रुपैयाँ नाफा कमाएका छन्।

बैशाखसम्ममा बैंकहरुले ४८ अर्ब ६० करोड रुपैयाँ नाफा कमाएका छन्। चैततसम्ममा बैंकहरुको कुल नाफा ४० अर्ब ६८ करोड रुपैयाँ थियो। विगतका महिनाहरुको तुलनामा बैशाखमा नाफा बढेको छ।

बैशाखसम्ममा नबिल बैंकले सबैभन्दा धेरै ५ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको छ। बैशाख एक महिनामा मात्रै उसको नाफा ७९ करोड रुपैयाँले बढेको छ। नाफाको आधारमा नबिल बैंक नम्बर १ मा देखिन्छ। उसको प्रतिश्पर्धीको नाफा निकै तल छ।

यस्तै ग्लोबल आइएमई बैंकले ४ अर्ब १२ करोड नाफा कमाएको छ। ग्लोबल आइएमई बैंक नाफाको हिसाबले दोस्रो स्थानमा छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ७७ करोड रुपैयाँ र प्राइम बैंकले ३ अर्ब २२ करोड रुपैयाँ नाफा कमाएको छ।

अन्य बैंकको नाफा भने ३ अर्बभन्दा कम छ।

बैशाखसम्ममा २० वाणिज्य बैंकमध्ये नेपाल बैंकबाहेक अन्य सबै बैकले १ अर्ब रुपैयाँभन्दा धेरै नाफा कमाएको छ। बैंकले बैशाखसम्ममा ५९ करोड रुपैयाँ मात्रै नाफा कमाएको छ।

बैंकहरुको कर्जा उठ्न नसक्दा सम्भावित जोखिमबापत ठूलाे रकम छुट्याउनु परेको छ जसले गर्दा बैंकहरुको नाफा प्रभावित भएको देखिन्छ।

बैशाखमा पनि बैंकहरुले २ अर्ब ६ करोड रुपैयाँ सम्भावित जोखिमबापत छुट्याएका छन्। बैशाखमा ५ बैंकको सम्भावित जोखिमबापत छुट्याएको रकम घटेको छ भने ७ बैंकको बढेको छ। बाँकी बैंकहरुको भने यथावत नै छ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।