कर्पोरेट डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा

Jun 13, 2024 06:37 AM Merolagani



कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले (CORBL) १९ गते, बुधबार, आफ्नो प्रधान कार्यालय, गीतामन्दिर रोड, वीरगञ्ज, पर्सामा सोह्रौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ७ः१५ मा सुरु हुनेछ।

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासंग मर्जर तथा एक्विजिशनसम्बन्धि आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारि दिने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ बैंकले असार १ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार जेठ ३१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।