सामान्य घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकको ब्याजदर कति?

Jun 14, 2024 08:56 AM Merolagani

वाणिज्य बैंकहरुले असार महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुको ब्याजदर जेठ महिनाको तुलनामा सामान्य घटेको छ।

जेठ महिनामा औषतमा ६.९९ प्रतिशतविन्दु रहेको २० वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर, असारमा घटेर ६.८७ प्रतिशतविन्दुमा झरेको छ। असार महिनाका लागि बैंकहरुको यस्तो निक्षेपको औषत ब्याजदर ०.१२ प्रतिशतविन्दु घटेको हो। त्यस्तै, बैंकहरुको संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०.१२९ प्रतिशतविन्दु घटेको छ।

 

११ बैंकले घटाए ब्याजदर

यस दिन नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका २० वाणिज्य बैंकहरुमध्ये ११ वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन्। जसमध्ये ग्लोबल आइएमई बैंकले सर्वाधिक १ प्रतिशतविन्दु ब्याजदर घटाएको छ। जेठ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ७.५ प्रतिशत रहेको यस बैंकको ब्याजदर, असारमा घटेर ६.५ प्रतिशतमा झरेको छ। त्यस्तै, संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर पनि १ प्रतिशतविन्दु घटेर ५.५ प्रतिशतमा झरेको छ।

३ बैंकले बढाए

जेठ महिनाको तुलनामा असारमा ३ बैंकहरुले ब्याजदर बढाएका छन्। ब्याजदर बढाउने बैंकहरुमा नबिल बैंक, माछापुच्छ्रे बैंक र हिमालयन बैंक रहेका छन्। जसमध्ये हिमालयन बैंकले सर्वाधिक ०.७५ प्रतिशतविन्दु ब्याजदर बढाएको छ। सो बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ८.२५ प्रतिशतका दरले ब्याज दिने भएको छ।

सबैभन्दा कम ब्याज दिने बैंक भने कृषि विकास बैंक नै रहेको छ। सो बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ५.६६१ प्रतिशत र संस्थागतमा ४.०१ प्रतिशतका दरले ब्याज दिनेछ। जेठ महिनामा पनि बैंकले सोही दरमा ब्याज दिइरहेको थियो।

 

 
comments powered by Disqus

'नोक्सानी पाल्नु मृत शरिरलाई कुरेर बस्नु जस्तै हो, समयमा शेयर बिक्री गर्न जान्नु पर्छ'

Jun 22, 2024 10:59 AM

शेयर बजारमा निरासा छ । यो निरासाका बीचमा पनि केहि कम्पनी र सेक्टरहरु चलेका छन । जसले लगानीकर्तालाई धेरैथाेरै भएपनि कमाउने मौका दिएको छ ।