सोमबार सार्वजनिक बिदा, शेयर बजार पनि नखुल्ने

Jun 14, 2024 05:23 PM Merolagani



सोमबार सार्वजनिक बिदा हुने भएकाे छ । सरकारले असार ३ गते, इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल–अजहा)का अवसरमा बिदा दिने भएकाे हाे ।

गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै साे दिन विदा दिने निर्णय गरेकाे जानकारी दिएकाे हाे ।

याेसँगै साेमबार सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था बन्द हुने भएकाे छ । सार्वजनिक विदाका कारण साेमबार शेयर बजार नखुल्ने भएकाे हाे ।




५ कम्पनीको शेयरमूल्य समायोजन

Nov 28, 2025 06:34 AM

मंसिर १२ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५ कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा कृषि विकास बैंकको ३.२५ प्रतिशत, बरुण हाइड्रोपावरको ४.७५ प्रतिशत र सर्वोत्तम सिमेन्टको ५ प्रतिशत, ङादी ग्रुप पावरको ५ प्रतिशत र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ३ प्रतिशत बोनस शेयर समायोजन भएको हो।