सोमबार सार्वजनिक बिदा, शेयर बजार पनि नखुल्ने

Jun 14, 2024 05:23 PM Merolagani



सोमबार सार्वजनिक बिदा हुने भएकाे छ । सरकारले असार ३ गते, इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल–अजहा)का अवसरमा बिदा दिने भएकाे हाे ।

गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै साे दिन विदा दिने निर्णय गरेकाे जानकारी दिएकाे हाे ।

याेसँगै साेमबार सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था बन्द हुने भएकाे छ । सार्वजनिक विदाका कारण साेमबार शेयर बजार नखुल्ने भएकाे हाे ।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।