जीवन बीमा कम्पनीले जेठसम्म गरे १ खर्ब ३४ अर्ब प्रिमियम संकलन, सबैभन्दा अगाडि नेपाल लाइफ

Jun 27, 2024 11:10 AM MeroLagani



एक महिनामा नै सवा १२ अर्ब बढी प्रिमियम संकलन गरेका जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको ११ महिना (साउनदेखि जेठसम्म) मा १ खर्ब ३३ अर्ब ७५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यस्तो बीमाशुल्क आर्जन गएको बैशाख मसान्तसम्म १ खर्ब २१ अर्ब ३५ करोड रुपैयाँ थियो । 

जेठ मसान्तसम्म बीमा कम्पनीले संकलन गरेको रकम गत आर्थिक बर्षको यही अवधिको तुलनामा साढे ७ प्रतिशतले बढी हो । गत आवको यही अवधिसम्म नेपालमा संचालित जीवन बीमा कम्पनीहरुले १ खर्ब २४ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।

चालु आवको जेठ मसान्तसम्म प्रथम बीमाशुल्क आर्जन गर्ने कम्पनीको पहिलो स्थानमा भने नेपाल लाइफ इन्स्योरेन्स परेको छ । यो कम्पनीले चालु आवको जेठ मसान्तसम्म ६ अर्ब २५ करोड ३७ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । यस्तै यसै अवधिमा नेशनल लाइफले ४ अर्ब १६ करोड १५ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्दा एलआइसी नेपालले २ अर्ब ६ करोड ९९ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

बीमा प्राधिकरणको तथ्यांक अनुसार जेठ मसान्तसम्ममा हिमालयन लाइफले २ अर्ब ४ करोड २३ लाख रुपैयाँ, सूर्य ज्योति लाइफले २ अर्ब १ करोड २४ लाख रुपैयाँ, सिटिजन लाइफले १ अर्ब ६० करोड १७ लाख रुपैयाँ, एसियन लाइफले १ अर्ब ५२ करोड ५० लाख रुपैयाँ, सन नेपाल लाइफले १ अर्ब ३२ करोड ३१ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका छन् ।

त्यस्तै आईएमई लाइफले १ अर्ब ३१ करोड ७९ लाख रुपैयाँ, रिलायवल नेपाल लाइफले १ अर्ब २५ करोड २७ लाख रुपैयाँ, मेट लाइफले १ अर्ब १५ करोड ६० लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ८२ करोड ५६ लाख रुपैयाँ र राष्ट्रिय जीवन बीमाले ५० करोड २५ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

यता लघु जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले ७ करोड ८६ लाख ९८ हजार रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका छन् भने गार्डियन माइक्रो लाइफले ३ करोड २९ लाख रुपैयाँ र लिबर्टी माइक्रो लाइफले २ करोड १० लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

कोरोनापछि धेरै बिमितहरुले आफ्नो बीमा सरेन्डर गरेका छन् । बीमा लेख सक्रिय संख्याको आधारमा सबैभन्दा धेरै बीमा लेख जारी गर्ने कम्पनीमा रिलायवल नेपाल लाइफ इन्स्योरेन्स परेको छ। कम्पनीसँग चालु आवको जेठ मसान्तसम्म ३१ लाख ३४ हजार ७७१ वटा सक्रिय जीवन बीमा लेख रहेको छ । त्यसैगरी दोस्रो नेसनल लाइफ इन्स्योरेन्ससँग १६ लाख ६ हजार ९९५ वटा, नेपाल लाइफसँग १३ लाख ९७ हजार ९१२ वटा, सिटिजन लाइफसँग १२ लाख ४ हजार १०३ वटा र सानिमाा रिलायन्स लाइफसँग ९ लाख ८२ हजार १४४ वटा सक्रिय जीवन बीमा लेख रहेको छ ।

त्यसैगरी सुर्यज्योतिसँग ९ लाख ६६ हजार ३१० वटा, मेनलाइफसँग ७ लाख ७९ हजार ७२५ वटा, सन नेपाल लाइफसँग ८ लाख ४९ हजार १ सय ५१ वटा, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) सँग ६ लाख ८४ हजार २४ वटा, एसियन लाइफ इन्स्योेरेन्ससँग ६ लाख५९ हजार ५०५ वटा, राष्ट्रिय जीवन बीमासँग ५ लाचख ६६ हजार ४८ वटा, आईएमई लाइफसँग ५ लाख ११ हजार ३ सय २५ वटा, हिमालयन लाइफसँग ३ लाख ९३ हजार ५७९ वटा र प्रभु महालक्ष्मीसँग सबैभन्दा कम १ लाख ७७ हजार १७० वटा सक्रिय जीवन बीमा लेख रहेका छन् ।

सक्रिय बीमा लेख संख्या कम भए पनि नेपाल लाइफ इन्स्योरेन्सले प्रथम बीमा शुल्क संकलनमा मात्रै होइन, नवीकरण बीमा शुल्क र कुल बीमा शुल्क संकलनमा सबैलाई पछि पारेकाे छ । चालु आवको जेठ मसान्सम्म जीवन बीमा कम्पनीहरुले २७ अर्ब ५६ करोड ७८ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । १४ वटै बीमा कम्पनीहरुले नवीकरणीय शुल्क बापत् १ खर्ब ६ अर्ब ५ करोड ७९ लाख रुपैयाँ संकलन गरेका छन् भने कुल प्रिमियमबापत् १ खर्ब ३३ अर्ब ६२ करोड ५८ लाख रुपैयाँ कमाएका छन् । त्यस्तै लघु जीवन बीमा कम्पनीहरुबाट १३ करोठ २७ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् । लघु जीवन बीमा कम्पनीको समेत प्रिमियम जोडदा जीवन बीमा कम्पनीहरुले कुल १ खर्ब ३३ अर्ब ७५ करोड ८६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

यस अवधिमा जीवन बीमा कम्पनीहरुले सबैभन्दा बढी २० लाख ६७ हजार ६०३ वटा वैदेशिक रोजगार जीवन बीमा लेख बिक्री गरेर २ अर्ब ८७ करोड ७७ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।

चालु आवको जेठसम्म संकलन भएको कुल बीमाशुल्कमध्ये सबैभन्दा बढी बागमती प्रदेशबाट ५८ अर्ब ९२ करोड रुपैयाँ संकलन भएको छ । यस्तै लुम्बिनी प्रदेशबाट २१ अर्ब ९ करोड, कोशीबाट १६ अर्ब २७ करोड, गण्डकीबाट १३ अर्ब ६५ करोड, मधेशबाट १२ अर्ब ११ करोड, सुदूरपश्चिमबाट ८ अर्ब र कर्णाली प्रदेशबाट ३ अर्ब ६१ करोड रुपैयाँ संकलन भएको छ ।




comments powered by Disqus

आइतबार देखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा आउँदै, कुन ब्रोकर कम्पनीले दिँदै छ सुविधा ?

Oct 04, 2024 01:33 PM

शेयर बजारका लगानीकर्ताले नयाँ टिएमएसबाट शेयर किन/बेच गर्न पाउने सपना आइतबार देखि पुरा हुने भएको छ। ब्रोकर नम्बर ३६ सेक्यूर्ड सेक्युरिटिजले आइतबारदेखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा ल्याउने भएको हो।