सातामा करिब साढे १६ अंक घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

Jun 29, 2024 06:06 AM Merolagani



यस साता नेप्से परिसूचक करिब साढे १६ अंक घटेर बन्द भएको छ। गत साता २०६८.३१ विन्दुमा बन्द भएको नेप्से, यस साता १६.३९ अंक अर्थात ०.७९ प्रतिशत घटेर २०५१.९२ विन्दुमा झरेको छ।

यस साता ५ कारोबार दिनमध्ये दुई कारोबार दिन नेप्से बढेको थियो भने तीन कारोबार दिन घटेको थियो। यस साता सोमबार र मंगलबार नेप्से सामान्य अंक बढेको थियो। बाँकी तीन कारोबार दिन भने नेप्से घटेको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स ३.८७ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५१ अंक घटेको छ।

नेप्से घटेपनि यस साता दैनिक औषत कारोबार रकम भने बढेको छ। गत साता दैनिक औषतमा ४ अर्ब २० करोडको शेयर कारोबार भएको बजारमा यस साता दैनिक औषतमा ४ अर्ब २८ करोडको शेयर खरिदबिक्री भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १.९५ प्रतिशत बढेको हो। यस साता दैनिक औषत शेयरसंख्या २.०१ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या १.४४ प्रतिशत बढेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि सामान्य घटेको छ। गत साताको अन्तिम कारोबार दिन ३२ खर्ब ७९ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता २६ अर्ब घटेर ३२ खर्ब ५३ अर्ब रुपैयाँमा सीमित भएको छ।

१३ उपसमूहमध्ये यस साता ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.५२ प्रतिशत बढेको छ। गत साता २३४०.७६ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साा ८२.५१ अंक बढेर २४२३.२७ विन्दुमा पुगेको छ। अरु ४ उपसमूहको परिसूचक भने यस साता सामान्य अंक बढेको छ।

यस साता बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.८० प्रतिशत घटेको छ। अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १७८.५८ अंक घटेको छ।

यस साता गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ३३.३१ प्रतिशत बढेको छ। त्यसैगरी, यस साता नेपाल फाइनान्स र मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य २२ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयरमूल्य सर्वाधिक ११.०५ प्रतिशत घटेको छ। अन्य स्टकहरुको शेयरमूल्य गिरावट दर भने ९ प्रतिशतभन्दा कम रहेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता स्ट्याण्डर्ड चार्टर्ड बैंक, महिला लघुवित्त लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने नेपाल दूरसञ्चार कम्पनी, पिपुल्स हाइड्रोपावर लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।