५ प्रतिशत बढेपछि नेप्सेमा दोस्रो सर्किट, ४० मिनेटको लागि कारोबार बन्द

Jul 02, 2024 11:24 AM Merolagani

सरकार परिवर्तन हुने भएपछि शेयर बजारमा उछाल आएको छ। नेकपा एमाले र नेपाली काँग्रेस मिलेर सरकार बनाउने सहमति भएपछि मंगलबार शेयर बजारमा उछाल देखिएको हो।

पहिलो सर्किट लागेर बजार खुलेको पहिलाे मिनेटमा नै नेप्से ५ प्रतिशत बढेपछि दोस्रो सर्किट लागेर ४० मिनेटको लागि कारोबार बन्द भएको हो। अब ४० मिनेटपछि नेप्सेमा पुनः शेयर कारोबार खुल्ने छ।

मंगलबार बजार खुलेको दोस्रो मिनेटमा नै नेप्से सूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट लागेर २० मिनेटको लागि कारोबार बन्द भएको थियो।

 अर्थमन्त्रीमा लगानीकर्ताले मन पराएका एमालेका विष्णु पौडेल आउने सम्भावना देखिएपछि पनि लगानीकर्ता उत्साहित भएका छन्।

comments powered by Disqus

रिलायन्स स्पिनिङ्ग मिल्सले असार २७ गतेदेखि आईपीओ निष्काशन गर्ने, प्रतिकित्ता मूल्य कति?

Jul 03, 2024 06:00 AM

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले असार २७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।