नुनको मूल्य बढेपछि साल्ट ट्रेडिङको शेयर मूल्यमा उछाल

Jul 03, 2024 06:25 PM Merolagani



नुनको मूल्य बढेपछि साल्ट ट्रेडिङको शेयरमूल्यमा उछाल आएको छ। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी नुनको मूल्य बढाएको थियो।

कर्पोरेशनले आयो नुन १ किलो प्याकेटको २३ रुपैयाँबाट बढाएर अब २६ रुपैयाँ, न्यू शक्ति नुन १ किलोको १७ रुपैयाँबाट बढाएर २० रुपैयाँ र भानू नुन १ किलोको मूल्य ९ रुपैयाँ कायम गरेका थियो।

कर्पोरेशनले नुनको मूल्य बढाएपछि त्यसको असर बुधबार उसको शेयरमूल्यमा देखिएको छ। बुधबार सुरुवातमै कर्पोरेशनको शेयरमूल्य १० प्रतिशतले बढेको थियो। अन्तिममा भने ६.३२ प्रतिशत अर्थात प्रतिकित्ता २९७ रुपैयाँले बढेर ४ हजार ९९७ रुपैयाँ पुगेको छ। साथै बुधबार उसकाे काराेबार रकम पनि ह्वातै बढेकाे छ। 

नुनको मूल्य बढ्दा कर्पोरेशनको नाफा बढ्ने अपेक्षाले लगानीकर्ताको आकर्षण बढेको छ। जसले गर्दा बुधबार उसको शेयरमूल्य उच्च दरमा बढेको हो।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।