वर्षाको समयमा यसरी राख्न सकिन्छ फोन सुरक्षित, अब हुने छैन फोन भिज्ने टेन्सन !

Jul 06, 2024 11:13 AM Merolagani



केहि दिनदेखि नेपालमा गर्मी कम भएको महसुस भएको छ । मनसुन प्रवेश गरेसँगै देशका विभिन्न स्थानमा सामान्य वर्षादेखि भारी वर्षा भइरहेको छ ।

तर गर्मीबाट राहत पाएपनि वर्षाका अन्य चुनौती भने यथावत नै छ । कार्यालय वा कामका लागि घर बाहिर निस्कनेका लागि यो समय अलि झन्झटिलो पनि लाग्न सक्छ । यो समयमा अर्काे चुनौती भनेको फोन सुरक्षित राख्नु पनि हो ।

खासगरी, फोनलाई पानीको जाखिम हुने गरेको पाइएको छ । नेपालमा पाइने सबै फोन वाटरप्रुफ हुँदैनन् । यस्तो अवस्थामा वर्षामा यसलाई प्रयोग गर्नुलाई जोखिम मान्न सकिन्छ ।

पानीबाट कसरी बचाउने फोन ?

वर्षाको मौसमले हाम्रो फोन पानीको जोखिमले बिग्रन सक्छ। यद्यपि, केही सरल सावधानी अपनाइएमा तपाईंले आफ्नो फाेन सुरक्षित राख्न सक्नुहुन्छ। आफ्नो फोन कसरी सुरक्षित गर्ने र मुसलधारे पानीको समयमा पनि भिजेको अवस्थामा के गर्ने भन्ने बारे केहि सुझाव छ।

वर्षाको समयमा तपाईँहरुले यी कुराहरुको बारेमा ध्यान दिनुपर्छ ः

वाटरप्रुफ फोन केसको प्रयोग

फोनका लागि वाटप्रुफ फोन केसको प्रयोग गर्नुपर्छ । बजारमा वाटरप्रुफ केसहरु पाइन्छ जसकारण यसको प्रयोगले आफ्नो फोन बचाउन सक्छन् ।

जीप लक ब्यागको प्रयोग गर्ने

यसबाहेक तपाईँ जीप ब्यागको प्रयोग गर्न सकिन्छ । यो वाटरप्रुफ केसको सस्तो विकल्प पनि हो । जसलाई तपाईँले वर्षाको समयमा प्रयोग गर्न सक्नुहुनेछ ।

यो केस जीप लकसँगै आउँछ । जसले प्याकेटभित्र पानी जान रोक्न सक्छ । यस्ता केस ३०० देखि ४०० रुपैयाँमा पनि अनलाइन बजारमा पाइन्छ ।

सकेसम्म फोन बाहिर नै ननिकाल्ने

यसबाहेक सकेसम्म पानी परिरहँदा फोन आफ्नो गोजी वा झोलाबाट बाहिर ननिकाल्ने कोशिस गर्नुपर्छ । यस्तै, वर्षा याममा बाहिर निस्कदा मिलेसम्म फोनको प्रयोग नगर्दा नै राम्रो हुन्छ । यसरी, पानीमा फोनको प्रयोग नगर्दा भिज्ने जोखिम कम हुन्छ ।

भिजेको हातले फाेन नछुने

आफ्नो फोन चलाउनु अघि आफ्नो हात सुक्खा छ कि छैन भनी  हेर्नुपर्छ। भिजेका हातहरूले फाेन सुरक्षित राख्न गाह्रो हुन्छ । जसका कारण पानीमा फाेन झर्ने सम्भावना हुन्छ। यस्ताे अवस्थामा तौलियाले हात पुछ्ने वा सुकाउन ह्यान्ड ड्राइर प्रयोग गर्दा दुर्घटनाको जोखिमलाई निकै कम गर्न सकिन्छ।

वाटरप्रूफ पाउच वा झोला बोक्ने

विशेष गरी, इलेक्ट्रोनिक उपकरणहरूको लागि डिजाइन गरिएको वाटरप्रूफ पाउच वा झोला बोक्दा यस्तेा जाेखिमबाट बच्न सकिन्छ। यी पाउचहरूले सुरक्षा दिनुकासाथै र यदि तपाईं भारी वर्षाको सम्भावना भएको क्षेत्रमा हुनुहुन्छ भने विशेष उपयोगी प्रमाणित हुन्छ। यस्ता पाउचहरूमा सामान्यतया सिल गरिएको क्लोजरहरू सुविधा हुन्छ जसले तपाईंलाई आफ्नो फोन सुरक्षित रूपमा बोक्न दिनुका साथै सुक्खा राख्छ।

फोन भिजेपनि तनाव लिइरहनुपर्दैन

यदि तपाईको खल्ती भित्र फोन छ भने, तपाई आत्तिनु हुँदैन। सही कदम चालेमा फोन भिजेमा तपाईँले तनाव लिइरहनुपर्दैन । तपाईंको भिजेको फाेनलाई बचाउने र दीर्घकालीन क्षतिलाई यी उपायले रोक्न सक्छ।

फाेन सुकाइहाल्ने

यदि  यस्तो अवस्थामा फोन भिजे भने पनि तुरुन्त सुकाइ हाल्नुपर्छ । यसका लागि टिस्यू पेपरको प्रयोग गर्न सकिन्छ । पानी पुछ्दा नरम, लिन्ट-रहित कपडा वा तौलिया प्रयोग गर्नुपर्छ  । भिजेकाे फाेन पुछ्दा पोर्ट, बटन र हेडफोन ज्याकमा पनि थप ध्यान दिनुपर्छ। धेरै कडा प्रेस गर्नुहुँदैन।

तुरुन्तै पावर अफ गर्ने

यदि तपाईंको फाेन भिज्दा पनि अझै सक्रिय छ भने तुरुन्तै बन्द गर्नुपर्छ। यसले कुनै पनि सर्ट-सर्किटलाई रोक्छ । यदि फाेन भिजेको बेला पनि काम गरिरहेको छ भने परीक्षण गर्ने प्रयास गर्नु हुँदैन किनकि यसले थप क्षति निम्त्याउन सक्छ।

सिम  र मेमाेरी कार्ड हटाउने

यदि सकिन्छ भने, कुनै पनि फाेन केस वा कभरहरू हटाउनुपर्छ। यसैगरि, सिम कार्ड र मेमोरी कार्ड पनि निकाल्नुपर्छ। यो उपायबाट फाेनकाे कुनै पनि भागमा पानी छैन वा थप कुनै भागहरूलाई क्षति पुर्‍याउँदैन भन्ने ढुक्क हुन सकिन्छ।

तातो उपकरणबाट बचाउनुस्

फाेन भिजेकाे समयमा तात्ने उपकरणहरू जस्तै हेयर ड्रायर, ओभन, वा माइक्रोवेभहरूबाट सुकाउन प्रयोग गर्नुहुँदैन। यसबाट तपाईंको भिजेको फाेन वा डिभाइसलाई उच्च तापक्रम हुँदा आन्तरिक सर्किटहरू हुने र फाेनमा थप क्षति हुन सक्छ। उच्च तापक्रमले टाँसिएका वस्तुहरू पनि पग्लन सक्छ र अवस्था थप जटिल हुन सक्छ।

चामल वा सिलिका जेल प्याकेटहरू प्रयोग गर्ने

यसैगरी, भिजेको यन्त्रलाई नपकाएको चामल वा सिलिका जेल प्याकेटहरूले भरिएको कन्टेनरमा राख्नुपर्छ। यी पदार्थहरूले समयसँगै उपकरणबाट पानी साेस्न मद्दत गर्दछ। तर तपाईंको फाेन पूर्ण रूपमा चामल वा प्याकेटहरूमा डुबेको हुनुपर्छ र यसलाई कम्तिमा २४ देखि ४८ घण्टासम्म छोड्नुपर्छ। 

यदि आवश्यक भएमा व्यावसायिक मद्दत लिने

यदि तपाईंको उपकरण सुकाउने यी प्रक्रिया पछि पनि काम गर्दैन भने टेक्निसियनसँग नै परामर्श लिनु राम्रो हुन्छ। आधिकारिक सेवा केन्द्र वा पानीको क्षतिको मर्मतमा अनुभवी प्राविधिकलाई नै सम्पर्क गर्नुपर्छ। यसरी क्षतिको मात्रा मूल्याङ्कन गर्न र उपयुक्त समाधानहरू लिन सकिन्छ।

यी कुराको पनि विचार गर्ने

यी सब बाहेक तपाईँले यदि नयाँ फोन खरिद गर्दै हुनुहुन्छ भने आईपी रेटिंगको विशेष ख्याल राख्नुपर्छ । अब कम मूल्यमा पनि केहि फोन आईपी रेटिंगकासाथै आउँदैछ ।




१० सेकेण्डमै सकिएकाे अनौठो पत्रकार सम्मेलन

Oct 28, 2025 12:34 PM

नेपालको युवा आन्दोलनको आगो अझै निभिसकेको छैन । गत भदौ २३ र २४ गतेको आन्दोलनको आगो अझै बलिरहेको छ । मंगलवार बिहान संगीत बम नामक युवक रिपोर्टस क्लव नेपालमा पत्रकार सम्मेलनका लागि पुगे । पत्रकार सम्मेलनका लागि भनेर सञ्चारकर्मीहरु ११ बजे नै तोकिएको स्थानमा पुगिसकेका थिए । तर पत्रकार सम्मेलन १० सेकेण्डमै सकियो ।