कांग्रेस र एमालेबीच १ः१ काे रेसियाे अर्थात बराबरकाे हैसियतमा मन्त्रालयको भागबण्डा हुने

Jul 10, 2024 01:44 PM Merolagani



नेपाली कांग्रेस र नेकपा एमालेबीच १ः१ काे रेसियाे अर्थात बराबरकाे हैसियतमा मन्त्रालयको भागबण्डा हुने भएकाे छ । बुधवार पार्टी केन्द्रीय कार्यालयमा पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले यस्ताे बताएका हुन् ।

उनले मन्त्रालयको बाँडफाँड भइनसकेको तर बराबर हैसियतमा मन्त्रालयकाे भागबण्डा हुने खुलासा गरे । एमालेका अध्यक्ष ओलीले नेपाली कांग्रेस र नेकपा एमालेबीच कुनैपनि मन्त्रालयको भागबण्डा भइनसकेको भन्दै को-को सरकारमा सहभागी बन्छन्, सोही अनुसार मन्त्रालयको भागबण्डा टुंग्याउने बताए ।

उनले सरकारमा सहभागी बन्ने राजनीतिक दलहरूलाई पनि समेटेर जानेगरी छलफल भइरहेको बताए । त्यसका लागि सामान्यतः संसदकाे सिटका आधारमा पार्टीहरूलाई स्थान निर्धारण गर्ने पनि एमालेका अध्यक्ष ओलीले बताए ।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।