प्रहरी प्रधान कार्यालयका अनुसार हालसम्म दुई पुरुष र तीन महिलासहित पाँच जना बेपत्ता भएका छन्।
यसैगरी, बाढीपहिरामा परेर बुधबारसम्ममा १०६ जना घाइते भएका छन् । घाइते हुनेमा ५१ जना पुरुष, ३६ जना महिला र १९ जना बालबालिका रहेका छन् । भारी वर्षा भएर पहिरो गएकै कारण ८५८ परिवार विस्थापित भएका छन् । त्यस्तै, देशभर कुल दुई हजार ९५४ परिवार विस्थापित भएका छन् भने कुल १० करोड ७० लाख ४० हजार रूपैयाँ बराबरको क्षति पुगेको छ ।
यस्तै, विपदले ३८४ पशु चौपायाकाे, १३९ घर र ५४ गोठमा क्षति पुगेको छ । नेपालभरमा अविरल वर्षा हुँदा एक विद्यालय र दुई सरकारी भवनमा क्षति पुगेको छ भने ४१ वटा पुल बगाइसकेको छ । त्यसैगरी, १६१ घर डुबानमा परेका र ११६ रोपनी जग्गा पुरिएको जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपहिरोमा परेकाको उद्धार गर्न अहिलेसम्म पाँच हजार ४२८ प्रहरी परिचालन गरिएको छ ।