गत आर्थिक वर्ष करिब ७ प्रतिशत बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक सर्वाधिक बढ्यो? कुनको सर्वाधिक घट्यो?

Jul 16, 2024 06:24 AM Merolagani



गत आर्थिक वर्ष अर्थात आर्थिक वर्ष २०८०/८१ मा नेप्से परिसूचक करिब ७ प्रतिशत बढेको छ। आर्थिक वर्ष २०७९/८० मा २०९७.०९ विन्दुमा बन्द भएको नेप्से, गत आर्थिक वर्ष ६.८३ प्रतिशत अर्थात १४३.३२ अंक बढेर २२४०.४१ विन्दुमा बन्द भएको छ।

त्यसैगरी, गत आर्थिक वर्ष सेन्सेटिभ इण्डेक्स ०.७७ प्रतिशत बढेको छ। सर्वसाधारण शेयरको कारोबार मापन गर्ने फ्लोट इण्डेक्स गत आर्थिक वर्ष ५.२७ प्रतिशत बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स १.५९ प्रतिशत बढेको छ।

१३ उपसमूहमध्ये गत आर्थिक वर्ष ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। गत आर्थिक वर्ष वित्त उपसमूहको परिसूचक सर्वाधिक ३५.२६ प्रतिशत बढेको छ। अघिल्लो आर्थिक वर्ष १९२५.३२ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, गत आर्थिक वर्ष ६७८.८४ अंक बढेर २६०४.१६ विन्दुमा बन्द भएको छ। त्यसैगरी, गत आर्थिक वर्ष म्युचअल फण्ड उपसमूहको परिसूचक करिब ३५ प्रतिशत बढेको छ।

अंकका आधारमा भने गत आर्थिक वर्ष उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १०९०.१९ अंक बढेको छ। अघिल्लो आर्थिक वर्ष ५६३७.५१ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, गत आर्थिक वर्ष १९.३४ प्रतिशत बढेर ६७२७.७० विन्दुमा पुगेको छ।

गत आर्थिक वर्ष जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १०.२० प्रतिशत अर्थात १२२३.५५ अंक घटेको छ। त्यस्तै, होटल तथा पर्यटन उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।