टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM Merolagani



शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।

शेयर बजारमा निरन्तर व्याज दर घट्दा र बैकिङ प्रणालीमा पर्याप्त तरलता हुँदा समेत बढ्न नसकेको लगानीकर्ताको आत्मविश्वास अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्ति भएसँगै ह्वात्तै बढेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा भएको वृद्धिले नेप्सेको वृद्धिलाई टिकाइरहेको छ ।

विगत केही दिनदेखि कारोबार रकममा हाइड्रोपावर समूहले अन्य सबै समूहलाई उछिनेको छ । बुधबार १२ अर्ब ५ करोड रुपैयाँको कारोबार हुँदा हाइड्रोपावर समूह एक्लैको ४ अर्ब ४० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । विगत धेरै कारोबार दिनदेखि हाइड्रोपावर समूहको मात्रै कारोबार रकम १ अर्ब रुपैयाँ भन्दा माथि रहेकोमा बुधबारको भने वाणिज्य बैंक समूह र फाइनान्स समूहको कारोबार रकम समेत १ अर्ब माथि पुगेको छ । विकास बैंक र माइक्रोफाइनान्स समूहको कारोबार समेत १ अर्बको नजिक पुगेको छ ।

कारोबार रकम बढ्दै जाँदा साना लगानीकर्ताहरु भने कुन शेयर किन्ने भन्नेमा अलमलमा परेको देखिन्छ । मेरो लगानीले बुधबारको कारोबारको आधारमा टप ५ ब्रोकरले कुन कम्पनी कति कित्ता किने भन्ने जानकारी टेबुलमा दिएकोछ। यसले लगानीकर्तालाई कुन शेयरमा कुन ब्रोकर लागिरहेको छ भन्ने सामान्य जानकारी हुनेछ र शेयर छनोट गर्न सहयोगी हुनेछ ।

बुधबारको कारोबार रकमको आधारमा ब्रोकर नम्बर ५८ उत्कृष्ट ५ को पहिलो नम्बरमा बस्न सफल भएको छ । ५८ ले बुधबार १ अर्ब ५६ करोड रुपैयाँको कारोबार गरेको छ जसमा सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्ररको ८५ हजार कित्ता शेयर खरिद गरेको छ । त्यस्तै साइन १ लाख ४२ हजार कित्ता, मितेरी डेभलपमेन्ट ४७ हजार ८ सय कित्ता, माउन्टेल इनर्जी नेपाल ४४ हजाार, एक्सेल डेभलपमेन्ट झन्डै ५२ हजार, लुम्बिनी विकास बैंक ५६ हजार, गणपति लघुवित्त १२ हजार, ङदी गुर्प पावर ४८ हजार कित्ता, हिमालयन डिष्टिलरी ९५ सय कित्ता र गरिमा विकास बैंक साढे २८ हजार कित्ता किनेको छ। ब्रोकर नम्बर ५८ ले विशेषगरी विकास बैंक समूहका शेयरहरु बढी किनेको देख्न सकिन्छ ।

उत्कृष्ट ब्रोकरको दोस्रो नम्बरमा पर्न सफल ४५ नम्बर ब्रोकरले ९१ करोड २३ लाख रुपैयाँको कारोबार गरेको छ । ४५ नम्बरले माउन्टेन हाइड्रो, सिगटी हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, एभरेष्ट बैंक, अरुण भ्याली हाइड्रोपावर, सानिमा जीआईसी इन्स्योेरेन्स, अप्पर तामाकोशी, प्राइम कमर्सियल बैंक, घलेम्दी हाइड्रोपावर र सोल्टी होटलका शेयरहरु किनेका छन । ४५ ले हाइड्रोपावरका शेयरहरु प्राथमिकताका साथ खरिद गरेको छ भने कमर्सियल बैंकको शेयर पनि खरिद गर्न शुरु गरेको देखिन्छ ।

तेस्रो स्थानमा पर्न सफल ३४ नम्बरको ब्रोकरले ८५ करोड ८७ लाख रुपैयाँको कारोबार गरेको छ । ३४ ले मुक्तिनाथ कृषि कम्पनी, शिवम सिमेन्ट, हिमाल दोलखा पावर, ङादी पावर, हिमालयन एभरेष्ट इन्स्योरेन्स, एनआरएन, पोखरा फाइनान्स, सोना सिमेन्ट, सिंगटी हाइड्रोपावर र माइखोला हाइड्रोपावर खरिद गरेको छ ।

४४ नम्बरको ब्रोकरले बुधबार ८३ करोड ३१ लाख रुपैयाँको कारोबार गरेको छ। ४४ नम्बरले पहिलो प्राथमिकतामा बैंकका शेयरलाई राखेको देखिएको छ । ४४ ले एसबीआई बैंक १ लाख २४ हजार कित्ता, स्ट्यान्डर्ड चार्टर्ड बैंक झन्डै ४१ हजार कित्ता र लक्ष्मी सनराइज बैंक ७२ हजार कित्ता खरिद गरेको छ । त्यस्तै नेसनल लाइफ इन्स्योरेन्स, सिद्धार्थ प्रिमियम इन्स्योरेन्स, सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, हिमाल दोलखा पावर, आईजीआई प्रुडेन्सियल इन्स्योरुेन्स र हिमालयन रि इन्स्योरेन्सको शेयर खरिद गरेको छ।

पाँचौ नम्बरमा पर्न सफल ४९ नम्बर ब्रोकरले भने ८१ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार गरेको छ । ४९ नम्बर ब्रोकरले नेपाल इन्स्योरेन्स, रिलायन्स फाइनानस, प्रभु इन्स्योरेन्स, शिवम सिमेन्ट, चिलिमे हाइड्रोपावर, हिमाल दोलखा पावर, ङादी पावर, सानिमा हाइड्रोपावर, अरुण हाइड्रोपावर र हिमालयन रिइन्स्योरेन्सको शेयर खरिद गरेको छ । ४९ नम्बर ब्रोकरबाट धेरै इन्स्योरेन्स र हाइड्रोपावरको कारोबार भएको देखिएको छ।




comments powered by Disqus

बजार घटेपछि सांसद देखि लगानीकर्ताले भेटे अर्थमन्त्री, ७ सुझाव दिँदै भने-अवैज्ञानिक पूँजीकरण गणनाले बजार घटायाे

Sep 01, 2024 05:14 PM

अवैज्ञानिक पूँजीकरण गणनाले बजारमा गलत सन्देश प्रवाह गरेको भन्दै अर्थमन्त्रीको ध्यानकषर्ण गराइएको छ । आईतबार प्रतिनिधि सभाका सांसद हरि ढकाललगायत ब्रोकर, मर्चेन्ट क्यापिटल र लगानीकर्ताको प्रतिनिधिले अर्थमन्त्रीलाई ७ बुँदे सुझाव बुझाउँदै ध्यान आकर्षण गराएका हुन ।