१० हजार मेगावाट विद्युत भारतलाई बिक्री गर्दैछाैः ऊर्जामन्त्री खड्का

Jul 18, 2024 03:20 PM Merolagani



ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले १० हजार मेगावाट विद्युत भारतलाई बिक्री गर्ने बताएका छन् । बिहीवार ६२ औँ इन्जिनियर दिवसको अवसरमा आयोजिक कार्यक्रममा उनले यस्ताे बताएका हुन् । केही दिनपछि बंगलादेशसँग ४० मेगावाट विद्युत खरिद–बिक्रीको सम्झौता हुने उनले बताए ।

देशका रोजगारी सिर्जना गर्ने प्रशस्त ठाउँहरु भएको उनले बताए । देशमा रोजगारी सिर्जना गर्ने प्रशस्त ठाउँहरु रहेको बताए । मन्त्री खड्काले इन्जिनियरहरु कुनैपनि प्रोजेक्टमा छोटो समयसम्म काम गर्ने र अर्को प्रोजेक्टमा जाने गर्नाले प्रोजेक्टहरु अलपत्र परेको भन्दै यस सम्बन्धमा इन्जिनियरहरुको ध्यानाकर्षण गराए ।

उनले इन्जिनियरहरुलाई द्विपक्षिय अथवा त्रिपक्षिय सम्झौता गरेर काम गर्न सुझाव दिए । मन्त्री खड्काले देश निर्माणमा इन्जिनियरहरुले मौरीको भुमिका निर्वाह गरेको भन्दै प्रशंसा गरे ।




भविष्यको प्रेडिक्सनमा रमाउने शेयर बजार वर्तमानसँग आत्तियो, बुँदा नम्बर ४५ मा केछ?

Mar 29, 2026 05:49 PM

नेपालको राजनीति र शेयर बजार सधैँ एउटै सिक्काका दुई वटा पाटा जस्तै रहेका छन्। राजनीतिमा सानो हलचल हुँदा पनि त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारको ग्राफमा देखिने गर्दछ।