१० हजार मेगावाट विद्युत भारतलाई बिक्री गर्दैछाैः ऊर्जामन्त्री खड्का

Jul 18, 2024 03:20 PM Merolagani



ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले १० हजार मेगावाट विद्युत भारतलाई बिक्री गर्ने बताएका छन् । बिहीवार ६२ औँ इन्जिनियर दिवसको अवसरमा आयोजिक कार्यक्रममा उनले यस्ताे बताएका हुन् । केही दिनपछि बंगलादेशसँग ४० मेगावाट विद्युत खरिद–बिक्रीको सम्झौता हुने उनले बताए ।

देशका रोजगारी सिर्जना गर्ने प्रशस्त ठाउँहरु भएको उनले बताए । देशमा रोजगारी सिर्जना गर्ने प्रशस्त ठाउँहरु रहेको बताए । मन्त्री खड्काले इन्जिनियरहरु कुनैपनि प्रोजेक्टमा छोटो समयसम्म काम गर्ने र अर्को प्रोजेक्टमा जाने गर्नाले प्रोजेक्टहरु अलपत्र परेको भन्दै यस सम्बन्धमा इन्जिनियरहरुको ध्यानाकर्षण गराए ।

उनले इन्जिनियरहरुलाई द्विपक्षिय अथवा त्रिपक्षिय सम्झौता गरेर काम गर्न सुझाव दिए । मन्त्री खड्काले देश निर्माणमा इन्जिनियरहरुले मौरीको भुमिका निर्वाह गरेको भन्दै प्रशंसा गरे ।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।