जो कोही भ्रष्टचारी र सहकारी ठगलाई कारवाही गर्छौः ओली

Jul 21, 2024 02:50 PM Merolagani



प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै कालखण्डमा भएको भ्रष्टाचार र जो कोही भ्रष्टाचारी उपर कानूनी कारबाही अघि बढाउने बताएका छन्। विश्वासको मत लिने क्रममा आइतबार संसदमा बोल्दै प्रधानमन्त्री ओलीले बताए।

"भ्रष्टाचार गर्दैनौँ, भ्रष्टाचार सहँदैनौँ, कसैलाई भ्रष्टाचार गर्न दिँदैनौँ। भ्रष्टाचार र अख्तियारको दुरुपयोगसँग जोडिएको विषयमा अनुसन्धान हुन्छ," उनले भने "कुनै कालखण्डमा भएको भ्रष्टाचार र जो कोही भ्रष्टाचारी उपर कानूनी कारबाही अघि बढाउँछौँ।"

भ्रष्टाचारी एक दिन कानुनको कठघरमा पुग्छन् भन्ने स्थापित गराउने बताए। यसैगरी उनले जोसुकै भए पनि सहकारी ठगलाई कारबाही गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।