जो कोही भ्रष्टचारी र सहकारी ठगलाई कारवाही गर्छौः ओली

Jul 21, 2024 02:50 PM Merolagani



प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै कालखण्डमा भएको भ्रष्टाचार र जो कोही भ्रष्टाचारी उपर कानूनी कारबाही अघि बढाउने बताएका छन्। विश्वासको मत लिने क्रममा आइतबार संसदमा बोल्दै प्रधानमन्त्री ओलीले बताए।

"भ्रष्टाचार गर्दैनौँ, भ्रष्टाचार सहँदैनौँ, कसैलाई भ्रष्टाचार गर्न दिँदैनौँ। भ्रष्टाचार र अख्तियारको दुरुपयोगसँग जोडिएको विषयमा अनुसन्धान हुन्छ," उनले भने "कुनै कालखण्डमा भएको भ्रष्टाचार र जो कोही भ्रष्टाचारी उपर कानूनी कारबाही अघि बढाउँछौँ।"

भ्रष्टाचारी एक दिन कानुनको कठघरमा पुग्छन् भन्ने स्थापित गराउने बताए। यसैगरी उनले जोसुकै भए पनि सहकारी ठगलाई कारबाही गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।