सूर्योदय वोमी लघुवित्तको एफपीओमा दुई कारोबार दिन मै ३०५ गुणा भन्दा धेरै आवेदन

Jul 21, 2024 05:36 PM Merolagani



सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड(SWMF)को एफपीओमा ३०५ गुणा भन्दा धेरै आवेदन परेको छ । शुक्रबारदेखि निष्काशन गरिएको एफपीओमा दुई कारोबार दिन मै एक करोड ४२ लाख भन्दा बढी कित्ताका लागि आवेदन परेको हो ।

सीडिएस एण्ड क्लियरिंग लिमिटेडका अनुसार आइतबार बेलुकी ५ बजेर ६ मिनेटसम्ममा ९ लाख ५३ हजार ८८३ जनाले आवेदन दिएका छन् । यसैगरी, लघुवित्तको एक करोड ४२ लाख ८३ हजार ८०० कित्ताका लागि एक अर्ब ४२ करोड ८३ लाख ८० हजार रुपैयाँ बराबरको एफपीओ माग भएको हो ।

लघुवित्तले ४६ लाख ७२ हजार ९५४ रुपैयाँ ५० पैसा बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४६ हजार ७२९.५४५० कित्ता शेयर निष्काशन गरेको हो। सो शेयरका लागि लगानीकर्ताले साउन ८ गतेसम्म आवेदन दिन सक्नेछन्। 

लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतमा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।