सूर्योदय वोमी लघुवित्तको एफपीओमा दुई कारोबार दिन मै ३०५ गुणा भन्दा धेरै आवेदन

Jul 21, 2024 05:36 PM Merolagani



सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड(SWMF)को एफपीओमा ३०५ गुणा भन्दा धेरै आवेदन परेको छ । शुक्रबारदेखि निष्काशन गरिएको एफपीओमा दुई कारोबार दिन मै एक करोड ४२ लाख भन्दा बढी कित्ताका लागि आवेदन परेको हो ।

सीडिएस एण्ड क्लियरिंग लिमिटेडका अनुसार आइतबार बेलुकी ५ बजेर ६ मिनेटसम्ममा ९ लाख ५३ हजार ८८३ जनाले आवेदन दिएका छन् । यसैगरी, लघुवित्तको एक करोड ४२ लाख ८३ हजार ८०० कित्ताका लागि एक अर्ब ४२ करोड ८३ लाख ८० हजार रुपैयाँ बराबरको एफपीओ माग भएको हो ।

लघुवित्तले ४६ लाख ७२ हजार ९५४ रुपैयाँ ५० पैसा बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४६ हजार ७२९.५४५० कित्ता शेयर निष्काशन गरेको हो। सो शेयरका लागि लगानीकर्ताले साउन ८ गतेसम्म आवेदन दिन सक्नेछन्। 

लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतमा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।