सुनको भाउ बढ्यो, चाँदीको घट्यो

Jul 22, 2024 11:08 AM Merolagani



सोमबार सुनको भाउ सामान्य बढेको छ भने चाँदीको भाउ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार सोमबार सुन तोलामा १०० रुपैयाँले बढेको छ भने चाँदीको भाउ ताेलामा २० रुपैयाँले घटेको छ।

सोमबार छापावाला सुन प्रतितोला १ लाख ४६ हजार ३०० र तेजाबी सुन प्रतितोला १ लाख ४५ हजार ६०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

आइतबार छापावाला सुन प्रतितोला १ लाख ४६ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यता चाँदीको भाउ भने झनै घटेको छ। सोमबार चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ७९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।