विश्वका कैयाैं स्थानमा यूट्यूब स्टुडियाे डाउन

Jul 22, 2024 07:15 PM Merolagani



के यूट्यूब डाउन भएकाे छ? हाे, यतिबेला विश्वका कैयाैं भागहरूमा यतिबेला युट्युबमा समस्या देखा परेकाे छ। यद्यपि, यूट्यूबकाे सेवा अधिकांश मानिसहरूका लागि भने चलिरहेको छ। 

तर सामाजिक सञ्जालमा केही प्रयोगकर्ताहरूले भने युट्युब डाउन भएको गुनासो गरिरहेका छन् ।

प्रयोगकर्ताहरूले यूट्यूब स्टुडियोमा समस्याहरू देखा परेको बारेमा बताइरहेका छन्। यस्तै, धेरैले यूट्यूब भिडियोहरू अपलोड गर्न समस्या सामना गरिरहेका छन्। भिडियो अपलोड गर्ने अधिकांश प्रयोगकर्ताहरू यसबाट प्रभावित भएका छन्। यो यूट्यूब स्टुडियोकाे समस्या मात्र हुन सक्छ।

डाउन डिटेक्टरका अनुसार युट्युबमा दिउँसो सवा ३ बजेदेखि यो समस्या देखिएको हाे। यस पोर्टलमा, मानिसहरूले लगातार यूट्यूब डाउन भएको गुनासो गरिरहेका छन्। यद्धपी केहि स्थानमा भने यूट्यूबले अहिले राम्राेसँग काम गरिरहेको छ र सबै भिडियोहरू देखा परेका छन्। 

यूट्यूब स्टुडियो भनेको के हो?

धेरैलाई यूट्यूब स्टुडियाे पहिले यूट्यूब क्रियटर स्टुडियाेको रूपमा चिनिन्थ्यो। यो यूट्यूबद्वारा क्रियटर्सहरूलाई प्रदान गरिएको नि:शुल्क उपकरण हो जहाँ प्रयोगकर्ताहरूले यसलाई आफ्नो यूट्यूब च्यानलमा सामग्री सिर्जना गर्न र अपलोड गर्न प्रयोग गर्छन्।

भिडियोहरू सम्पादन गर्ने उपकरणहरू पनि यूट्यूब स्टुडियोमा उपलब्ध गराइन्छ। यहाँबाट प्रयोगकर्ताहरूले आफ्ना भिडियोहरू सम्पादन, एनालाइज, शेड्यूल र अप्टिमाइज गर्न सक्छन्। यस मार्फत युट्युबरहरूले आफ्ना भिडियोहरू मोनेटाइज पनि गर्छन्।

यूट्यूब स्टुडियो मार्फत प्रयोगकर्ताहरूले आफ्नो भिडियोहरूको पर्फर्मेन्स ट्र्याक गर्न सक्छन् र विभिन्न मेट्रिक्स अध्ययन पनि गर्न सक्छन्। क्रियटर्सहरूले यसलाई आफ्ना भ्यूअर्सहरूसँग अन्तरक्रिया गर्न पनि प्रयोग गर्छन्।

एजेन्सीकाे सहयाेगमा ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।