हकप्रद निष्कासन गर्ने लाइनमा रहेका यी हुन २२ कम्पनी, कसले कति ल्याउँदैछन्?

Jul 24, 2024 02:58 PM Merolagani



हकप्रद शेयर जारी गर्नको लागि दुई दर्जन कम्पनी लाइनमा देखिएका छन्। अहिले हकप्रद निष्कासन गर्ने निर्णय गरी धितोपत्र बोर्डको अनुमतिको पर्खाइमा २२ वटा कम्पनी रहेको देखिन्छ।

हकप्रद निष्काशन गर्नको लागि अनुमति माग्नेमा अधिकाँश हाइड्रोपावर र इन्स्योरेन्स कम्पनी छन्। अहिले २२ वटा कम्पनीले १९ अर्ब ४० करोड रुपैयाँको हकप्रद निष्कासन गर्न अनुमति मागेर बसेका छन्।

धितोपत्र बोर्डबाट अनुमति पाइसकेर हकप्रद निष्कासन गर्न बाँकी भने हिमालयन उर्जा मात्रै छ। कम्पनीले साउन २४ गतेदेखि हकप्रद निष्कासन गर्दै छ।

अहिले हकप्रद निष्कासनको लागि अनुमति माग गरिरहेका २२ कम्पनीमा १२ कम्पनीले शतप्रतिशत हकप्रद शेयर जारी गर्न लागेका छन् भने बाँकी कम्पनीले शतप्रतिशतभन्दा कम शेयर जारी गर्दै छन्।

बरुण हाइड्रोपावर, खानिखोला हाइड्रोपावर, तेह्रथुम हाइड्रोपावर, बलेफी हाइड्रोपावर, बाराही हाइड्रोपावर, दोर्दी हाइड्रोपावर, राप्ती हाइड्रोपावर, रिभर फल्स हाइड्रोपावर, शिवश्री हाइड्रोपावर, छ्यांदी हाइड्रोपावर र ङादी हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्कासन गर्न अनुमति मागेका छन्।

यस्तै इन्स्योरेन्स कम्पनीहरुमा एनएलजी इन्स्योरेन्स, प्रभु महालक्ष्मी इन्स्योरेन्स, नेको इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशन बोर्डको अनुमतिको पर्खाइमा रहेका छन्।

  • कसले कति ल्याउदैछन् हकप्रद?




comments powered by Disqus

आइतबार देखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा आउँदै, कुन ब्रोकर कम्पनीले दिँदै छ सुविधा ?

Oct 04, 2024 01:33 PM

शेयर बजारका लगानीकर्ताले नयाँ टिएमएसबाट शेयर किन/बेच गर्न पाउने सपना आइतबार देखि पुरा हुने भएको छ। ब्रोकर नम्बर ३६ सेक्यूर्ड सेक्युरिटिजले आइतबारदेखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा ल्याउने भएको हो।