खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ सफल : १० लाख+ सहभागी, पल्सर एनएस २००देखि करोडौँको उपहार विजेता घोषित

Jul 24, 2024 05:12 PM Merolagani



‘खल्ती’ ले आफ्नो करोडौँको अफर रहेको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ को तेस्रो संस्करण सफलतापूर्वक सम्पन्न गरेको छ। जेठ १ देखि असार ३१सम्म रहेको यस ६३ दिने अफरमा १० लाख भन्दा बढी प्रयोगकर्ता सहभागी भएका थिए।

यस अफर अन्तरगत ५ विजेताले पल्सर एनएस २०० एफवान एबीएस बाइक, एकले आईफोन १५, ९ जना भन्दा बढिले अनर एक्स सेभेन बी स्मार्टफाेन, एक जनाले गेमिङ ल्यापटप साथै हरेक दिन एक विजेताले वासिन्ङ मसिन, स्मार्ट टिभी, स्मार्टफोन, स्मार्ट घडीहरू, एयर बढहरू, माउन्टेन फ्लाइट देखि इन्टरनेट प्याकेज जस्ता सयौँ उपहारहरू जितेका थिए।

यस जात्रामा भित्रिएको ‘सेयर अ कोड’ मा सहभागीहरूले आफ्नै प्रोमोकोड बनाई आफ्नो सञ्जालमा सेयर गरे । पाँच लाख भन्दा बढी कुपन बनाएर शेयर गर्दै प्रयोगकर्ताहरू स्वयम् खल्ती इन्फ्लुन्सर बनेका थिए भने साथीभाइहरूले सो प्रोमोकोड प्रयोग गरी अफर र क्यासब्याकको लाभ लिन सफल भएका थिए।

करोडौँ डिजिटल खुत्रुके फुटाइए भने खल्तीले खुत्रुके मार्फत करोडौँ बराबरका उपहारहरू प्रदान गर्यो। यसका साथै खल्तीबाट गरिने हरेक भुक्तानीमा स्क्र्याच कार्ड उपलब्ध थियो जस मार्फत् प्रयोगकर्ताले एक कराेड वटा भन्दा बढीको स्क्र्याच कार्डहरू पाएका थिए।

यस अफर अवधिभर विजेता छनोट प्रक्रियालाई पारदर्शी बनाउँदै खल्तीले आफ्नो फेसबुक लाइभ मार्फत पाँच वटा पल्सर बाइकका विजेताहरू घोषणा गर्योः ब्रह्म देव महतो (राउन्ड १), प्रशना श्रेष्ठ (राउन्ड २), स्वाभिमान जनरल स्टोर्स (राउन्ड ३), सुन्दर कुमार जोशी (राउन्ड ४) र थापा किराना पसल (बोनस राउन्ड) ।

जात्राको सफलता बारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले प्रत्यक्ष ‍अप्रत्यक्ष रूपमा सहभागी हुने सम्पूर्ण प्रयोगकर्ता साथै साझेदारहरू प्रति आभार व्यक्त गर्दै भन्छन्, “हामीले यस योजना मार्फत लाखौँ प्रयोगकर्ताहरूलाई डिजिटल भुक्तानीमा अभ्यस्त बनाउने लक्ष्य लिएका थियौँ। यो लक्ष्यमा सफल भएर नै द बिगेस्ट जात्रा सफल भएको हो भन्ने कुरामा हामी विश्वस्त छौँ। यस जात्रालाई एक भव्य भुक्तानी पर्वको रूपमा सफल पार्न सहकार्य गर्नुहुने सबै प्रयोगकर्ताहरू, एजेन्टहरू, मर्चेन्टहरू, बैंकहरू, पार्टनरहरू, नियामक साथै मिडियाहरू प्रति हामी आभार व्यक्त गर्दछौँ। अझै यस्ता नयाँ र रोचक योजनाका साथ सबै नेपालीको लागि वित्तीय समावेशीकरणको लक्ष्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदछौँ। ”




comments powered by Disqus

आइतबार देखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा आउँदै, कुन ब्रोकर कम्पनीले दिँदै छ सुविधा ?

Oct 04, 2024 01:33 PM

शेयर बजारका लगानीकर्ताले नयाँ टिएमएसबाट शेयर किन/बेच गर्न पाउने सपना आइतबार देखि पुरा हुने भएको छ। ब्रोकर नम्बर ३६ सेक्यूर्ड सेक्युरिटिजले आइतबारदेखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा ल्याउने भएको हो।