विमान दुर्घटनामा बचेका एक मात्र क्याप्टेन भन्छन्,'१०० फिट माथि उडाएपछि विमान नियन्त्रण गर्ने सकिन'

Jul 25, 2024 05:01 PM Merolagani



सौर्य एयरलाइन्सको विमान दुर्घटनामा एक मात्र जिवित रहेका पाइलट मनीषरत्न शाक्यकाे स्वास्थ्य अवस्था अहिले सामान्य रहेकाे छ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचाररत रहेका शाक्यमा अन्य जटिलताहरू नदेखिएकाे अस्पतालकी निर्देशक प्रा.डा. मीना थापाले बताएकी छिन् ।

क्याप्टेन शाक्यकाे अहिले सघन उपचार कक्षमा उपचार भइरहेकाे छ । उनकाे आँखा, नाक तथा टाउकोमा चोट लागेकाे, ढाडको एउटा हड्डीका साथै देव्रे पट्टिकाे तीन वटा करङ भाँचिएको छ।

डा. थापाका अनुसार क्याप्टेन शाक्यकाे अनुहार तथा नाक, आँखामा लागेका चोटहरूको हिजाे नै उपचार गरिसकिएको छ। बिहीबार एक विज्ञप्ति सार्वजनिक गर्दै अस्पतालले क्याप्टेन शाक्यको स्वास्थ्य अवस्थाकाे जानकारी दिएकाे हाे ।

यसकासाथै, उपचाररत क्याप्टेन शाक्यले विमान दुर्घटनाबारे केहि बताएका छन् । उनले विमान टेक अफ गरेपनि नियन्त्रण गर्न नसकेकाे बताएका छन्।क्याप्टेन शाक्यले विमान उडाउन प्रयास गरिरहेका थिए । बुधबार बिहान ५० देखि १०० फिट माथि विमान उडाएका मात्र के थिएँ उनले विमान नियन्त्रण गर्ने सकेनन् । जसपश्चात विमान दुर्घटना भएकाे थियाे ।

शाक्यलाई विमान तल झरेकाे सम्झनामा रहेकाे छ तर आफू कसाे कसाेगरी बाहिर निस्किएकाे याद छैन । उनले आफूलाई एकैपल्ट थिचिएको जस्तो अनुभव भएकाे पनि उनले चिकित्सकसँग अनुभव सुनाएका छन् । त्यसपछि, सानो प्वालबाट आफैं बाहिर निस्किएकाे र त्यसबाट नस्किन लाग्दा कसैले उनलाई तानेकोसम्म याद रहेकाे शाक्यले वृतान्त सुनाए ।

बुधबार बिहान ११ बजेर ११ मिनेटमा सौर्य एयरलाइन्सको नाइनएन-एएमईरसिआरजे२०० कल साइनको विमान दुर्घटनामा परेको थियो। उक्त विमान धावनमार्गमा उड्दा बुद्ध एअरको ह्यांगर पछाडि दुर्घटना भएकाे थियो । विमानमा लागेकाे आगो करिब पाैने १२ बजे मात्र नियन्त्रणमा आएको थियो । विमान दुर्घटनामा परेर १८ जनाले ज्यान गुमाए भने विमानमा सवार एक जना क्याप्टेन मात्र जिवित रहेका छन् ।




comments powered by Disqus

आइतबार देखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा आउँदै, कुन ब्रोकर कम्पनीले दिँदै छ सुविधा ?

Oct 04, 2024 01:33 PM

शेयर बजारका लगानीकर्ताले नयाँ टिएमएसबाट शेयर किन/बेच गर्न पाउने सपना आइतबार देखि पुरा हुने भएको छ। ब्रोकर नम्बर ३६ सेक्यूर्ड सेक्युरिटिजले आइतबारदेखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा ल्याउने भएको हो।