के भयो भने मजबुत 'बुल' आउछ ?

Jul 25, 2024 07:20 PM Merolagani



बजार निरन्तर रुपमा बढेको छ । बजारको वृद्धिमा देखिएको गतिले बजार बुल आएको लगानीकर्ताको बुझाई छ ।

शेयर बजारलाई सरकारको नीतिले नै चपेटामा पारेको थियो ।  जसले गर्दा लगानीकर्तामा आत्म विस्वासको कमी भएको थियो ।

नयाँ सरकार बनेसँगै बाधक बनेका नीतिहरु फुकुवा गर्ने विस्वास लगानीकर्ताले गरेका छन् । बजारले घट्दो चक्र पार गरिसकेको छ । यसपालीकाे माैद्रिक नीतिले अप्ठेरा नीतिहरु फुकुवा हुने आशामा बजार बढेको शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष ताराप्रसाद फुल्लेलले बताए ।

बजारले खासै करेक्सन लिन मानिरहेको छैन । बुधबारको बजारमा एक दिन डे करेक्सन भएपनि अन्य दिन इन्ट्रा डे र सेक्टरल करेक्सन हुँदै बजार बढेको छ । जसका कारण लगानीकर्ता बजार प्रति उत्साहित भएका छन् ।

बैंकिङ प्रणालीमा प्रर्याप्त तरलता रहेको छ । बैंककाे ब्याजदर निरन्तर घटेको छ । यस्ताे अवस्थामा राष्ट्र बैंकले लचिलो मौद्रिक नीति ल्याउने लगानीकर्ताहरुकाे विस्वास छ।




comments powered by Disqus

आइतबार देखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा आउँदै, कुन ब्रोकर कम्पनीले दिँदै छ सुविधा ?

Oct 04, 2024 01:33 PM

शेयर बजारका लगानीकर्ताले नयाँ टिएमएसबाट शेयर किन/बेच गर्न पाउने सपना आइतबार देखि पुरा हुने भएको छ। ब्रोकर नम्बर ३६ सेक्यूर्ड सेक्युरिटिजले आइतबारदेखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा ल्याउने भएको हो।