अमेरिकी शेयर बजारमा उथलपुथल, एलन मस्कलाई लाग्याे सबैभन्दा ठूलो धक्का, एक ट्रिलियन डलर स्वाहा

Jul 25, 2024 07:26 PM Merolagani



पछिल्लाे पाँच दिनदेखि भारतीय शेयर बजारमा लगातार गिरावट देखिएको छ । विश्व शेयर बजार घट्दाे क्रममा रहेकाे छ। विशेषगरी, अमेरिकी शेयर बजारमा उथलपुथल नै भएकाे छ।

एस एण्ड पी देखि गिफ्ट निफ्टी राताम्मे छन्। यसैबीच, विश्वका शीर्ष धनाढ्यहरूको सम्पत्तिमा पनि ठूलो गिरावट आएको छ । धनाढ्यमध्येका एलन मस्कलाई सबैभन्दा ठूलो धक्का लागेको छ।

यी ठूला कम्पनीको शेयरमा आयो सुनामी

अमेरिकी बजारमा देखिएकाे यो हलचलका पछाडि विश्वका केही ठूला कम्पनी रहेका छन् ।यी कम्पनीहरूकाे शेयरमा आएको गिरावटलाई नै विश्व बजारकाे खलनायक मानिएकाे छ । घट्ने कम्पनीमध्ये विश्वकै धनाढ्य व्यक्ति एलन मस्कको इलेक्ट्रिक कार कम्पनी टेस्ला सबैभन्दा अघि रहेकाे थियाे । काराेबार सत्रमा टेस्लाको शेयर १२.३ प्रतिशतले तीव्र रूपमा घट्यो र प्रति शेयर २१५.९९ डलरमा झर्याे।

एकै झटकामा डुब्याे २१.७ बिलियन डलर 

टेस्लाको शेयरमा आएको यो ठूलो गिरावटको प्रभाव एलन मस्कको कुल सम्पत्तिमा पनि देखिएको छ र एकै झटकामा उनको सम्पत्ति २१.७ बिलियन डलरकाे घाटा भएको छ । यद्यपि, कुल सम्पत्तिमा यो कमी देखिए पनि, एलन मस्कले धनी व्यक्तिहरूको सुचीमा पहिलाे स्थान ओगटेका छन्। उनको कुल सम्पत्ति अहिले २४१ अर्ब डलर छ।

गुगलदेखि मेटासम्मकाे शेयर घट्यो

एलन मस्क मात्र नभई जेफ बेजोसदेखि वारेन बफेटको सम्पत्ति पनि घटेको छ । टेस्ला बाहेक, गिरावट देखिएका ठूला शेयरहरूमा एनभिडिया समावेश छ र यो ६.८० प्रतिशतले घटेर ११४.२५ पुगेको छ। यसबाहेक मेटा प्लाटफर्मको शेयर ५.६१ प्रतिशतले घटेर ४६१.२७ डलरमा पुगेको छ । यति मात्र होइन, विश्वको सबैभन्दा ठूलो सर्च इन्जिन गुगलको मूल कम्पनी अल्फाबेट इंकको शेयर ५ प्रतिशतले झरेर १७४.३७ डलर पुगेको छ ।

ग्लोबल सूचकमा सबैभन्दा ठूलो गिरावट

विश्व शेयर बजारमा गिफ्ट निफ्टी ०.११ प्रतिशतले गिरावट भएर २४,४८० विन्दुमा बन्द भयाे। अर्कोतर्फ, एस एण्ड पी र नेस्डेक सूचकमा सन् २०२२ पछि सबैभन्दा ठूलो गिरावट आएको छ। बिहीबार अत्याधिक बिक्रीका हुँदा एस एण्ड पि ५००, २.३१ प्रतिशतले र नेस्डेक ३.६४ प्रतिशतले गिरावट भएको थियो। यसैगरी, डाउ जोन्सको १.२५ प्रतिशतले घट्यो।

एक ट्रिलियन डलर स्वाहा

अमेरिकासँगै जापानको निक्की २२५, ३.२८ प्रतिशतले, दक्षिण कोरियाको कोस्पी १.७४ प्रतिशत, अष्ट्रेलियाको एसएण्डपी/एएसएक्स २००, १.२९ प्रतिशतले र हङकङको ह्याङसेङ ०.३९ प्रतिशतले ओरालो लागेको छ । यसैबीच,शेयर बजारमा करिब एक ट्रिलियन डलर स्वाहा भएकाे छ।

एजेन्सीकाे सहयाेगमा ।




comments powered by Disqus

आइतबार देखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा आउँदै, कुन ब्रोकर कम्पनीले दिँदै छ सुविधा ?

Oct 04, 2024 01:33 PM

शेयर बजारका लगानीकर्ताले नयाँ टिएमएसबाट शेयर किन/बेच गर्न पाउने सपना आइतबार देखि पुरा हुने भएको छ। ब्रोकर नम्बर ३६ सेक्यूर्ड सेक्युरिटिजले आइतबारदेखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा ल्याउने भएको हो।