राष्ट्र बैंकले बैंकहरुको पूँजीकोष बढाउन के गर्यो नयाँ व्यवस्था?

Jul 26, 2024 01:32 PM Merolagani



राष्ट्र बैंकले मौद्रिक नीतिमा बैंकहरुको पूँजीकोष बढाउन लचिलो व्यवस्था गरेको छ। केन्द्रीय बैंकले प्रोभिजनिङ घटाउनेदेखि पूँजीकोष बढाउन नयाँ उपकरण समेत प्रयोगमा ल्याउने घोषणा गरेको छ।

#C&#

  •  यस्ता छन् राष्ट्र बैंकले गरेका लचक व्यवस्था

(क) पुँजीकोषका उपकरणहरू तथा नयाँ उपकरण प्रयोगलाई प्रोत्साहन गर्ने ।

(ख) असल कर्जामा गर्नुपर्ने विद्यमान १.२० प्रतिशत कर्जा नोक्सानी व्यवस्थालाई घटाएर १.१० प्रतिशत कायम गर्ने ।

(ग) कर्जा खरिदबिक्रीको लागि गरिने जोखिम भारसम्बन्धी व्यवस्थामा आवश्यक पुनरावलोकन गर्ने ।

(घ) विद्यमान रेगुलेटरी रिटेल पोर्टफोलियोको सीमालाई २ करोडबाट बढाएर अधिकतम रु २ करोड ५० लाख कायम गर्ने ।

(ङ) बैक तथा वित्तीय संस्थाले टायर २ क्यापिटल गणना गर्दा क्यापिटल एडुकेसि फ्रेमवर्क २०१५ को व्यवस्थाको अधीनमा रही कुल पुँजीकोष प्राथमिक पुँजीकोषको दोब्बरभन्दा बढी नहुने गरी रेगुलेटरी रिजर्भमा रहेका उपयुक्त रिजर्भ रकमहरुलाई टायर २ क्यापिटलको रुपमा गणना गर्न सकिने व्यवस्था गर्ने ।

अहिले बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएपनि पूँजीकोष अभावले कर्जा लगानी गर्न सकेका थिएन्। राष्ट्र बैंकको व्यवस्थाले बैंकहरुको पूँजीकोष बढाउने छ जसले गर्दा बैंकहरुलाई कर्जा लगानी बढाउन सहज हुने छ।




comments powered by Disqus

आइतबार देखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा आउँदै, कुन ब्रोकर कम्पनीले दिँदै छ सुविधा ?

Oct 04, 2024 01:33 PM

शेयर बजारका लगानीकर्ताले नयाँ टिएमएसबाट शेयर किन/बेच गर्न पाउने सपना आइतबार देखि पुरा हुने भएको छ। ब्रोकर नम्बर ३६ सेक्यूर्ड सेक्युरिटिजले आइतबारदेखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा ल्याउने भएको हो।