सन्दिप लामिछाने प्रकरणले लियाे नयाँ माेड, गौशाला २६ ले गरिन् पुनरावेदन नदिने निर्णय

Jul 26, 2024 01:47 PM Merolagani



क्रिकेटर सन्दीप लामिछानेमाथि लागेकाे बलात्कार मुद्दा थप अगाडि नबढ्ने भएकाे छ।सन्दीपमाथि बलात्कार आरोप लगाएकी गौशाला २६ ले सर्वोच्च अदालतमा पुनरावेदन नदिने निर्णय गरेसँगै याे मुद्दा अघि नबढ्ने भएकाे छ। उच्च अदालतको फैसलाविरुद्ध उनले पुनरावेदन नगर्ने निर्णय गरेकी हुन् ।

गौशाला २६ ले बुधबार महान्यायाधिवक्तालाई भेटेर नै निवेदन दिएकी थिइन् । यसैगरी, उनले शुक्रबार उच्च सरकारी वकिल कार्यालयमा निवेदन दर्ता गराएकी छिन् । सरकारी वकिलमा उनकाे निवेदनकाे दर्ता नम्बर ३३२ रहेको छ ।  अब मुद्दालाई थप अगाडि नबढाउन पनि उनले अनुराेध गरेकी छिन् ।

उक्त निवेदनमा लेखिएको छ,‘यो मुद्दा दर्ता भएदेखि नै मलाई मानसिक रूपमा परेको असरको फाइदा उठाउँदै विभिन्न व्यक्ति तथा संस्थाले प्रतिवादी विरुद्ध भ्रमपूर्ण खबर र ममाथि दबाब बढाएका थिए ।लामो समयदेखि उक्त घटनाको कारण त्रासपूर्ण जीवन बाँच्दै आएको छु । मुद्दाको कारण म त्रासपूर्ण जीवन बाँच्दै आएकी छु । साथै यस मुद्दाले पार्ने दूरगामी असरको बारेमा म अवगत थिइन । सम्मानित अदालतको फैसलामा लिएका आधारहरूलाई सम्मान गर्दै शान्तिपूर्ण जीवन बाँच्नु मेरो प्राथमिकतामा रहेकाले प्रस्तुत मुद्दाको कारबाही थप अगाडि नबढाउन आग्रह गर्छु ।’




comments powered by Disqus

आइतबार देखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा आउँदै, कुन ब्रोकर कम्पनीले दिँदै छ सुविधा ?

Oct 04, 2024 01:33 PM

शेयर बजारका लगानीकर्ताले नयाँ टिएमएसबाट शेयर किन/बेच गर्न पाउने सपना आइतबार देखि पुरा हुने भएको छ। ब्रोकर नम्बर ३६ सेक्यूर्ड सेक्युरिटिजले आइतबारदेखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा ल्याउने भएको हो।