अमेरिकी अर्थतन्त्रमा देखिएको मजवुतीको प्रभाव सुनचाँदीको मूल्यमा, ताेलामा १,५०० रूपैयाँ घट्याे

Jul 27, 2024 06:15 AM Merolagani



नेपाली बजारमा पनि यो साता सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताभरमा सुन ताेलामा एक हजार ५०० रूपैयाँ घटेकाे छ ।

 

साताको पहिलो दिन आइतबार प्रतिताेला एक लाख ४६ हजार २०० रुपैयाँ रहेको सुनको मूल्य साताको दोस्रो दिन सामान्य बढेर प्रतिताेला एक लाख ४६ हजार ३०० पुगेकाे थियाे । तर सुनकाे भाउ तेस्रो दिन स्थिर रह्यो ।

त्यसपछि सुनकाे भाउ निरन्तर तीन दिन घट्याे । बुधबार सुन ताेलाकाे एक लाख ४७ हजार ४०० रूपैयाँमा झरेकाे थियाे  भने बिहीबार सुन प्रतिताेला एक लाख ४५ हजार रूपैयाँमा खरिदबिक्री भयाे।

साेहि क्रमलाई निरन्तरता दिँदै साताको पछिल्लो कारोबार भएको दिन, शुक्रबार प्रतिताेला एक लाख ४४ हजार ७०० रुपैयाँमा झ-याे । तीन दिनमा नै सुन प्रतिताेला एक हजार ६०० रूपैयाँले घटेकाे हाे ।

तर साताको पहिलो दिनको तुलनामा शुक्रबारसम्ममा यो मूल्य ताेलामा एक हजार ५०० रुपैयाँले कम हो ।

यो साता नेपाली बजारमा चाँदीको मूल्य पनि सामान्य घटेको छ । साताको पहिलो दिन, आइतबार चाँदी प्रतिताेला एक हजार ८१० रुपैयाँ रहेको थियाे । साेमबार घटेर ताेलाकाे एक हजार ७९० रूपैयाँमा झरेकाे चाँदीकाे मूल्य मंगलबार स्थिर रहेकाे थियाे । तर बुधबार चाँदी महंगिएर एक हजार ८०५ रूपैयाँ पुगेकाे थियाे । त्यसपछि, बिहीबार र शुक्रबार चाँदीकाे मूल्य गिरावट भएकाे थियाे । साताको पछिल्लो कारोबार भएको दिन,चाँदीकाे मूल्य प्रतिताेला एक हजार ७३० रुपैयाँ कायम भयो । यसरी, महासंघका अनुसार चाँदी साताभरीमा ८० रूपैयाँले सस्तिएकाे हाे ।

यो साता बिश्व बजारमा सुनको मुल्य घटेको छ । जसकाे प्रभाव नेपाली सुन बजारमा परेकाे हाे । अमेरिकी डलरको विनिमय दरमा देखिएको सुधार र त्यसको प्रभावले अमेरिकी अर्थतन्त्रमा मजवुती देखिएको छ । साेहि कारण सुनको मूल्य घट्नमा दबाब पुगेको बिश्लेषकहरुले बताएका छन्। सुनकाे भाउ दुई सातायताकै सस्ताे र चाँदी २.५ महिनाकै न्यून विन्दुमा झरेकाे थियाे । अगस्टमा सुन पछिल्लो पटक ५३.६० डलरले घटेर २,३६२.३० डलरमा झरेको थियो। सेप्टेम्बरमा चाँदी १.२३१ डलरले सस्तिदा २८.०९ डलरमा खरिदबिक्री भएकाे थियो।

तर याे समाचार तयार पार्दासम्म विश्व बजारमा सुन प्रति अउन्स २ हजार ३७२ डलरमा काराेबार भइरहेकाे छ। शुक्रबारकाे काराेबारमा सुन प्रतिअउन्स ९ डलर बराबरले बढेकाे छ ।

तर कतिपय विश्लेषकहरूले विश्व सुन बजारमा तेस्राे त्रैमासमा २ हजार ५०० डलरसमम पुग्ने सम्भावना देखिन्छ । 




comments powered by Disqus

आइतबार देखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा आउँदै, कुन ब्रोकर कम्पनीले दिँदै छ सुविधा ?

Oct 04, 2024 01:33 PM

शेयर बजारका लगानीकर्ताले नयाँ टिएमएसबाट शेयर किन/बेच गर्न पाउने सपना आइतबार देखि पुरा हुने भएको छ। ब्रोकर नम्बर ३६ सेक्यूर्ड सेक्युरिटिजले आइतबारदेखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा ल्याउने भएको हो।