मौद्रिक नीतिले बजारमा पार्ने सकारात्मक असर

Jul 27, 2024 01:34 PM Merolagani



राज कुमार पाण्डे

नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । नीति समग्रमा राम्रो आएको छ । बैंक तथा वित्तीय संस्थामा शेयर धितोकर्जामा लगाएको संस्थागत लगानीकर्ता तर्फको सीमा हटाइएको छ ।

मौद्रिक नीति मार्फत चालिएको उक्त कदमले शेयर बजार दिगो बनाउने देखिएको छ । नेपाल राष्ट्र बैंकले यसअघि २०७८ को मौद्रिक नीतिमा ब्याजदर वृद्धि, ४/१२ क्याप लगाएकै कारण बजारमा ठूलो गिरावट आयो । यसबाट धेरै लगानीकर्ता पलायन भए । ब्यापार व्यवसायमा मन्दी छायो ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता थुप्रिए पनि कर्जा प्रवाह हुन सकेको छैन। बैंकमा अधिक तरलताका कारण राष्ट्र बैंकले बजारबाट पैसा झिकी रहेको छ। आर्थिक मन्दीको कारण लगानीयोग्य पैसा बैंकमा थुप्रिदा सरकारको आर्थिक वृद्धि हासिल गर्न मुस्किल पर्ने देखिएको थियो । तर यस मौद्रिक नीतिले लगानीलाई प्रोत्साहन गरेको हुँदा अहिले बजारमा बुक भ्यालु भन्दा तल रहेको बलिया र वित्तीय अवस्था मजबुत रहेका कम्पनीमा संस्थागत लगानीकर्ताको रोजाईमा पर्ने अनुमन गर्न सकिन्छ । जसले बजार दिगो रुपमा गतिशील भइ देशको अर्थतन्त्रलाई टेवा पुग्नेछ।

यस पटककको मौद्रिक नीतिले सुस्ताएको अर्थतन्त्रलाई उठाउने नीति लिएको छ । जसले सबै क्षेत्रका व्यवसायीहरु उत्साहित भएका छन् । राष्ट्र बैंकले बैंकहरुको खराव कर्जा नोक्सानी घट्नेछ बैंकहरुको नाफामा वृद्धि हुने अनुमान गरिएको छ । अहिले वाणिज्य बैंकहरुको बजार मुल्य १० बर्ष अगाडिको मुल्यमा आएको छ । जुन बेला वाणिज्य बैंकहरुको निक्षेप १४ खर्बबाट बढेर ५७ खर्ब पुगेको छ ।
त्यसैगरी, नेपाल राष्ट्र बैंकले बैंकदर घटाइएको छ । अझै ब्याजदर घटने संकेत गर्छ । यसले सस्थागत तथा ठुला लगानीकर्ताहरुको मनोबल बढी बजारलाई नयाँ उचाईमा पुर्याउने छ । जसबाट सरकारको राजश्व वृद्धि देखिन्छ ।

बिगतमा राष्ट्र बैंकले शेयर बजारलाई कसिलो मौद्रिक नीति मार्फत जसरी कसेको थियो । अहिले उक्त नीतिलाई बिस्तारै फुकाउदै गएकोछ । जसले शेयर बजारका लगानीकर्तामा आशाको किरण देखा पर्न थालेको छ । जहाँ १८०० को नेप्से इन्डेक्स २५०० माथि आइसकेको छ । नेपालको शेयर बजारमा बुल र बियर केन्द्रीय बैंकको नीतिमा भरपर्छ । जबजब राष्ट्र बैंक पुजीबजार प्रति कठोर नीति अपनाउछ । शेयरबजार घट्दो चक्र सुरुभएको देखिन्छ । मौद्रिक नीति लगानी गर्न अनुकुल हुने आएमा शेयर बजारले नयाँ हाई चुमेको इतिहास छ ।

अहिले बजारमा ६२ लाख लगानीकर्ताले प्रत्यक्ष अप्रत्यक्ष रूपमा बजारमा कारोबार गरिरहेका छन । जहाँ २-३ अर्बको कारोबार अहिले दैनिक १५-१६ अर्ब सम्म कारोबार भइरहेको छ। बजारमा नयाँ पैसा भित्रीरहेको छ । जसले बजारमा शेयर माग सिर्जना भएको छ । अबको दिनमा हामीले नेप्सेमा नयाँ उचाई छिटै देख्न पाउनेमा विश्वास गर्न सकिन्छ ।




comments powered by Disqus

आइतबार देखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा आउँदै, कुन ब्रोकर कम्पनीले दिँदै छ सुविधा ?

Oct 04, 2024 01:33 PM

शेयर बजारका लगानीकर्ताले नयाँ टिएमएसबाट शेयर किन/बेच गर्न पाउने सपना आइतबार देखि पुरा हुने भएको छ। ब्रोकर नम्बर ३६ सेक्यूर्ड सेक्युरिटिजले आइतबारदेखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा ल्याउने भएको हो।