“लक्ष्मी उन्नती कोष” र “लक्ष्मी भ्यालु फण्ड २” का इकाईधनीले प्रतिफल पाउने

Jul 31, 2024 01:56 PM Merolagani



“लक्ष्मी उन्नती कोष”(LUK) का इकाईधनीहरुले कर सहित ७.५% प्रतिफल र “लक्ष्मी भ्यालु फण्ड २”(LVF2) का इकाईधनीहरुले कर सहित ४.५% प्रतिफल पाउने भएका छन् । 

योजना व्यवस्थापकको २०८१ साउन १४ गते बसेको संचालक समितिको १४४ औं बैठकले आर्थिक वर्ष २०८०/८१ को लागि “लक्ष्मी उन्नती कोष” का इकाईधनीहरुलाई कर सहित ७.५% प्रतिफल र “लक्ष्मी भ्यालु फण्ड २” का इकाईधनीहरुलाई कर सहित ४.५% प्रतिफल वितरण गर्ने निर्णय गरेको हाे ।

लक्ष्मी सन्राइज बैंक लिमिटेड कोष प्रवर्द्धक तथा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “लक्ष्मी उन्नती कोष” र “लक्ष्मी भ्यालु फण्ड २” नामक बन्दमुखी योजनाहरुको आर्थिक २०८०/८१ को लेखापरिक्षण कार्य सम्पन्न भएसँगै बसेकाे बैठकले उक्त निर्णय गरेकाे हाे ।

यसकासाथै “शुभ लक्ष्मी कोष” नामक खुलामुखी योजनाको इकाईधनीहरुलाई कर सहित ७.५% प्रतिफल वितरण गरिने भएकाे छ । आर्थिक २०८०/८१ को लेखापरिक्षण कार्य सम्पन्न भई योजना व्यवस्थापकको २०८१ साउन १४ गते बसेको संचालक समितिको १४४ औं बैठकले आर्थिक वर्ष २०८०/८१ को लागि सो योजनाका लागि उक्त निर्णय गरेको हाे।

“शुभ लक्ष्मी कोष” एक खुलामुखी योजना रहेको र यस योजनाका इकाईधनीहरुले आफुले प्राप्त गर्ने लाभांश (कर तथा निर्धारित डिपि शुल्क कट्टी पछि) बराबरको रकमबाट सो लाभांश वितरण पश्चात् समायोजित मूल्यमा लाभांश पुनः लगानी योजना (Dividend Re-investment Plan) मार्फत उक्त रकमले हुन आउने थप इकाईहरु खरिद गर्न सक्ने समेत सुविधा रहेको छ ।

यस अघि नै उक्त योजनामा सहभागी हुन आफ्नो नाम दर्ता गराईसकेका योग्य इकाईधनीहरुको हितग्राही खाता (DEMAT ACCOUNT)मा यथासिघ्र इकाईहरु पठाईने कम्पनीले जानकारी दिएकाे छ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।