नेप्सेमा हालसम्मकै उच्च कारोबार, १० स्टककाे शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

Jul 31, 2024 03:12 PM Merolagani



साउन १६ गते, बुधबार, नेपाली धितोपत्रको दोस्रो बजारमा हालसम्मकै उच्च कारोबार भएको छ। यस दिन नेप्सेमा ३३२ स्टकको २ लाख ३८ करोड २७२ पटकको कारोबारमा २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँबरारको ५ करोड ९ लाख ६७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिनको कारोबार रकम हालसम्मकै उच्च हो। यस अघि २०७८ साउन ३१ गते नेप्सेमा २१ अर्ब ६४ करोडका शेयर खरिदबिक्री भएको थियो। यस दिन नेप्सेमा सो कारोबार रकमको रेकर्ड तोडिएको हो।

यस दिन नेप्से परिसूचक ६४.२५ अंक बढेर २७६०.९० विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १०.६६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.२५ अंक बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ३.३३ अंक बढेको छ।

बुधबार १० स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन युनाइटेड अजोड इन्स्योरेन्स, गोर्खाज फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, रिलायन्स फाइनान्स, दिव्यश्वरी हाइड्रोपावर, मकर जितुमाया सुरी हाइड्रोपावर, नेपाल रिपब्लिक मिडिया, कुथेली बुखरी स्मल हाइड्रोपावर, नेपाल वेयरहाउजिङ्ग कम्पनी र प्रोग्रेशिभ फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। सो बाहेक अन्य ११ स्टकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन आत्मनिर्भर लघुवित्तको शेयरमूल्य सर्वाधिक ६.५२ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८४ करोड ४९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन माउन्टेन इनर्जीको ४१ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने शिवम् सिमेन्ट्सको ४० करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ८.०८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन लगानी उपसमूहको परिसूचक ६.८९ प्रतिशत बढेको छ भने विकास बैंक र अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।